• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चालू खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चिति एक वर्षको आयात धान्न पर्याप्त तर बढ्यो महँगी


  •    संवाददाता/ बुधबार, कार्तिक ०१, २०८०  

  • चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन–भदौको वित्तीय प्रतिवेदनअनुसार चालू खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो । त्यस्तै, भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा थियो ।

    गत असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेको छ । बढेपछिको सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १४ खर्ब ६ अर्ब ५२ करोड र बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ छ ।

    चालू आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैँकले जनाएको छ ।

    समीक्षा अवधिमा आयात ५.१ प्रतिशत निर्यात ७.८ प्रतिशत र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ ।

    साढे दुई खर्ब रेमिट्यान्स भित्रियो

    चालू आर्थिक वर्ष ०८०–८१ को पहिलो दुई महिनामा करिब साढे दुई खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन–भदौको वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह २२.१ एक प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९. ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैँकले जनाएको छ ।

    त्यस्तै,समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ । २८.३ प्रतिशतले घटेर सो संख्या ७४ हजार चार सय ५५ रहेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या १८.३ प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही
    अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

    मुद्रास्फीति ८.१९ पुग्यो

    त्यसैगरी समीक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ । सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको भित्र राख्ने लक्ष्य राखेको छ ।

    राष्ट्र बैंकका अनुसार दुई महिनामा मरमसलामा ४५.४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ । त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७.८६ प्रतिशत, तरकारीमा १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डामा १२.६० प्रतिशत मूल्य बढेको छ ।

    यो अवधिमा घिउ तथा तेल उपसमूहको मूल्य सूचकांक भने १३.०८ प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५, विविध वस्तु तथा सेवा १२.२१ प्रतिशत, शिक्षा क्षेत्रमा ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ६.५९ प्रतिशतले मूल्य बढेको छ । भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति ०.१८ प्रतिशतले घटेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.