• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

इजरायलमा बंकरभित्र बस्नुहोला त अमेरिकी राष्ट्रपति बाइडेन ?


  •    संवाददाता/ बुधबार, कार्तिक ०१, २०८०  

  • अक्टोबर १६ मा तेल अभिभमा इजरायली संसदको शीत सत्रको पहिलो दिन थियो। संसद् सुरु भएको केही मिनेट मात्रै हुन थालेको थियो अचानक साइरन बज्न थाल्यो। साइरन बज्दा एक महिला सांसद बोल्दै हुनुहुन्थ्यो। हतारहतार भाषण बन्द गर्दै सबै सांसद र प्रधानमन्त्री बेन्जामिन नेतान्याहू बंकरभित्र जानुभयो। केही समयपछि कामकारबाही फेरि सुरु भयो।

    अहिले इजरायलको अवस्था यस्तै छ। यो अवस्थामा ८० वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार (आज) इजरायल जाँदै हुुनुहुन्छ। हमासले इजरायलमाथि निरन्तर सशस्त्र हमला गरिरहेका बेला उहाँको भ्रमण हुँदै छ। यसरी हेर्दा इजरायलमा राष्ट्रपति बाइडेनका लागि राजनीतिक मात्रै नभएर सुरक्षा पनि ठूलो चुनौती हुने देखिन्छ। राष्ट्रपति बाइडेनले बंकरमा शरण लिनुपर्ने पनि हुन सक्छ।

    घण्टौंको बहसपछि तेल अभिभ जाने निर्णय

    राष्ट्रपति बाइडेनले इजरायल जानुअघि आफ्ना उच्च अधिकारी एवं सल्लाहकारसँग कुराकानी गर्नुभएको थियो। इजरायल यात्रालाई लिएर घण्टौँ बहस पनि भयो। बहसमा इजरायली प्रधानमन्त्री नेतान्याहूको निमन्त्रणा स्वीकार गर्नुपर्ने निष्कर्ष निस्कियो। त्यसपछि नै बाइडेन तेल अभिभ जान तयार हुनुभएको हो।

    सोमबार राति प्रेस मिटिङमा अमेरिकी नेसन सेक्युरिटी काउन्सिल (राष्ट्रिय सुरक्षा परिषद्) का प्रवक्ता जोन किर्बीले राष्ट्रपति बाइडेन तेल अभिभ मात्रै नभएर जोर्डन पनि जाने र त्यहाँ जोर्डनसहित इजिप्ट र प्यालेस्टाइनी नेतासँग छलफल गर्ने बताउनुभएको थियो।

    इजरायलमा अमेरिकाको ‘सेक्रेट सर्भिस’

    अहिलेसम्म बाइडेन १० पटक इजरायल गइसक्नुभएको छ। उहाँ पहिलोपटक सन् १९७३ मा अरब–इजरायल युद्ध हुनुअघि तेल अभिभ पुग्नुभएको थियो। त्यतिबेला उहाँ सांसद हुनुहुन्थ्यो। त्यस्तै, उहाँको पछिल्लो इजरायल भ्रमण गत वर्ष जुलाईमा भएको थियो। त्यतिबेला नेतान्याहू प्रधानमन्त्री हुनुहुन्थेन।

    बाइडेनको सुरक्षा जिम्मा सेक्रेट सर्भिसमाथि

    राष्ट्रपति बाइडेनको सुरक्षा जिम्मा सेक्रेट सर्भिससँग हुन्छ। यो एजेन्सी १८६५ मा बनेको थियो। यद्यपि राष्ट्रपतिको सुरक्षाको जिम्मा भने १९०१ मा दिइएको थियो। यसका लागि ७ हजार एजेन्ट र अधिकारी सेक्रेट सर्भिसमा काम गर्छन्, जसमा महिला पनि छन्।

    इजरायलमा बाइडेनको राजनीतिक चुनौती

    इजरायली सेनाले हमासविरुद्ध थल (जमिनबाट गरिने) कारबाहीको तयारी पूरा गरेको छ। अब सरकारले हरियो झन्डा दिन मात्रै बाँकी छ। यस्तो स्थितिमा इजरायल अमेरिकाले हमासविरुद्धको कारबाहीमा राजनीतिक र आर्थिक रुपले सहयोग गरोस् भन्ने चाहन्छ।

    अहिले इजरायलले अमेरिकासँग १० अर्ब डलरको सैन्य सहयोग मागेको छ। यसका लागि नेतान्याहूले बाइडेनलाई मनाउन कोसिस गर्नुहुुनेछ। त्यस्तै, गाजामा थल कारबाहीको समर्थन पनि जुटाउन कोसिस गर्नेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.