• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हमासका सैन्य प्रवक्ता भन्छन्– विदेशी बन्धक पाहुना हुन्, स्थिति सुध्रिए छोड्छौं


  •    संवाददाता/ मङ्गलबार, असोज ३०, २०८०  

  • इजरायल–हमास युद्ध सुरुको भएको मंगलबार ११ दिन भइसकेको छ। हमास सैन्य प्रवक्ता अबु ओबेदाले आफ्नो नियन्त्रणमा करिब २५० जना रहेको बताउनुभएको छ। यीमध्ये पनि विदेशी नागरिक आफ्ना पाहुना भएको र स्थितिमा सुधार आए उनीहरुलाई छाड्ने उहाँको भनाइ छ।

    ओबेदाले गाजामाथि इजरायलको थल कारबाहीले नडर्ने पनि बताउनुभएको छ।

    यता इजरायलको सुरक्षा फोर्सले भने लेबनानमा हिजबुल्लाहको अड्डामा आक्रमण गरेको बताएको छ। सोमबार मात्रै इजरायली संसद्मा विशेष सेसन पनि भएको थियो। उक्त सेसनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगसँगै हिजबुल्ला र इरानलाई पनि चेतावनी दिनुभएको छ।

    नेतन्याहूले हमासँगको युद्ध अँध्यारो र उज्यालोबीच (झम्के साँझ) को युद्धझैं भएको बताउनुभएको छ। ‘हामी दुस्मनलाई यति मात्रै भन्छौँ, इजरायलमाथि कब्जा गर्ने गल्ती नगर। नत्र यसको परिणाम निकै खराब हुनेछ,’ उहाँको भनाइ थियो।

    इजरायल–हमास युद्धबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली प्रधानमन्त्री नेतन्याहूसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा युद्ध अगाडि बढ्न नदिन रुसले आवश्यक कदम उठाउने छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

    बाइडेनको यात्राले ठूलो हमलामा ढिलाइ

    इजरायली सेना थल कारबाहीको तयारीमा छ। उसले सरकारको हरिया झन्डा पर्खिएको छ। यता मंगलबार बिहान अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले १८ अक्टोबरमा राष्ट्रपति जो बाइडेन इजरायल जाने घोषणा गर्नुभएको छ।

    न्युयोर्क टाइम्सका अनुसार बाइडेनको यात्राका कारण इजरायलले थल हमला गर्न ढिलाइ हुन सक्छ। ७ अक्टोबरपछि इजरायलले गाजामाथि निरन्तर बमबारुद बर्साएर जवाफी कारबाही गरिरहेको छ। साथै, यो कारबाहीलाई थप अगाडि बढाउँदै गाजा क्षेत्रमा प्रवेश गर्ने निर्णय पनि इजरायलले गरेको छ। यसको उद्देश्य हमासका कमान्डरलाई सिध्याउनु रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.