हे तमु समाज काठमाण्डौ द्वारा स्थापित तमु हे वचत तथा ॠण सहकारी संस्था लि.को वार्षिक साधारणसभा च्छो रोल्पा पार्टी प्यालेस ढुंङ्गेधारा काठमाण्डौमा तमु हे वचत तथा ॠण सहकारी संस्था लि. का अध्यक्ष हिम गुरुङको अध्यक्षतामा , संस्थाका सल्लाहकार एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सह-कोषाध्यक्ष सिंगापुर पुलिसका भुपु इन्सपेक्टर गंगा बहादुर गुरुङको प्रमुख आतिथ्यतामा र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष भगवती गुरुङको बिशेष आतिथ्यतामा सम्पन्न भएको छ।
औपचारिक कार्यक्रम असन ग्रहण संगै कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिले दिप प्रज्ज्वलन गरि समुद्घाटन गरेका थिए। कार्यक्रम संस्थाका सचिव संगीत गुरुङले संचालन गरेका थिए । कार्यक्रममा संस्थाका वरिष्ठ प्रबन्धक टीका सिंह गुरुङले वार्षिक साधारणसभा बारे कार्यतालिका प्रस्तुत गरेका थिए भने अध्यक्ष हिम गुरुङले बार्षिक बजेटको प्रतिवेदन र कोषाध्यक्ष जौ बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिशेष अतिथि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष भगवती गुरुङ र कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार एवम् तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सह=कोषाध्यक्ष ई.गंगा बहादुर गुरुङले मन्तव्य राख्नु भएको थियो भने बन्दसत्रमा अध्यक्ष हिम गुरुङले शेयरधनीहरुले वार्षिक बजेट र आर्थिक प्रतिवेदन प्रस्तुति बारे राखेको प्रश्नको प्रति उत्तर दिंदै पुरानो कार्यसमिति समाप्त भएको घोषण गर्दै निर्वाचन समितिका संयोजक प्राध्यापक मन बहादुर गुरुङ लाई हस्तान्तरण गरेको थियो ।
निर्वाचन समितिमा संस्थाको अघिल्लो बैठकले प्राध्यापक मन बहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति चयन गरेको थियो भने सदस्यहरुमा भुपु प्रहरी निरीक्षक तारा गुरुङ र सीता गुरुङ रहेको थियो। निर्वाचन समितिले हिम गुरुङको अध्यक्षतामा सात सदस्यीय नयाँ चार वर्षीय संचालक समिति र रुद्र बहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ।
संस्थाको संचालक समितिको अध्यक्षमा हिम गुरुङ,उपाध्यक्षमा यम बहादुर गुरुङ, सचिवमा बिमल गुरुङ ,कोषाध्यक्षमा दुर्गा बहादुर गुरुङ र सदस्यहरुमा मिना गुरुङ ,दल बहादुर गुरुङ र जीवन गरुङ लाई चयन गरेको छ भने लेखा सुपरिवेक्षण संयोजकमा रुद्र बहादुर गुरुङ,सदस्यहरुमा आश कुमारी गुरुङ र लिल माया गुरुङ लाई चयन गरेको छ।
निर्वाचित नयाँ कार्यसमिति लाई निर्वाचन समितिका संयोजक प्राध्यापक मन बहादुर गुरुङले ओहदाको प्रमाणपत्र प्रदान संगै सपथ ग्रहण गराएका थिए भने निर्वाचन संयोजक मन बहादुर गुरुङ र संस्थाका वरिष्ठ प्रबन्धक टीका सिंह गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा कार्यकाल सफलता पुर्वक पुरा गरेको योगदानको कदर गर्दै निवर्तमान सचिव संगीत गुरुङ,कोषाध्यक्ष जौ बहादुर गुरुङ र सदस्य मन्जु गुरुङ लाई सम्मान गरेको थियो ।








