• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

इन्सेकद्वारा मोरङ कारागारको अनुगमन


  •    संवाददाता/ शुक्रबार, असोज २६, २०८०  

  • मोरङ कारागारको निमार्णाधीन भवन, कैदीबन्दीको अवस्थालगायतका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले असोज २६ गते अनुगमन गरेको छ । मानव अधिकारकर्मी र अधिवक्ताहरूको टोलीले कारागारको नवनिर्मित भवन, कैदीबन्दीको अवस्थालगायतका विषयमा कारागार कार्यालय, मोरङका जेलर कृष्णहरि न्यौपानेसँग कारागारको अवस्थाका विषयमा जानकारी लिएको छ ।

    इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, उच्च वार मानव अधिकार समिति मोरङ संयोजक अनिल खड्कासहित अधिवक्ताको टोलीले कारागारको अनुगमन गरेको हो । अनुगमनका क्रममा कैदीबन्दीलाई सुत्न समस्या भएको विषयमा टोलीले जेलरको ध्यानाकर्षण गराएको छ । आगामी केही महिनाभित्रमा नवनिर्मित भवन सञ्चालनमा आएपछि सुत्नबस्नको समस्या समाधान हुने जेलर न्यौपानेले बताउनु भयो ।

    अधिकारकर्मीसँगको भेटमा जेलर न्यौपानेले कारागारलाई सरकारले उपलब्ध गराउने बजेट न्यून भएका कारण समस्या हुने गरेको बताउनु भयो । कारागारमा हाल ६० जना क्षयरोगी भएका र उनीहरूलाई छुट्टै कोठामा राखी व्यवस्थापन गरिएको जेलर न्यौपानेले बताउनु भयो । जेलर न्यौपानेले विराटनगरमा क्षयरोगको उपचार हुने भएकाले प्रदेशभरी रहेका कारागारहरूले क्षयरोगी कैदी वा बन्दी आउने वित्तिकै मोरङ कारागार पठाउने गरेका कारण क्षमता भन्दा बढी दायित्व निर्वाह गर्नु परेको बताउनु भयो

    सिमित बजेटमा मोरङ कारागारको व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले बजेटको व्यवस्थापन उचित ढङ्गमा गरे मोरङ कारागारमा सुधार हुने बताउनु भयो । कारागारका अहेव भीमकुमार राईले दरबन्दीका एक जना अहेब र संस्थाको सहयोगमा दुई जना चिकित्सकको व्यवस्था भएपनि कैदीबन्दी बढी भएका कारण समस्या हुने गरेको बताउनु भयो । उहाँले कारागारमा रहेका सबैखाले विरामीको आधारभूत स्वास्थ्य जाँच, कोशी अस्पतालमा रेफर गर्नुपर्नेलगायतका कारण जनशक्ति अभाव भएको बताउनु भयो ।

    २ सय ५० जना क्षमता भएको मोरङ कारागारमा हाल ९ सय ४४ जना पुरूष, ९८ जना महिला र पाँच जना आश्रित बालबालिका गरी १ हजार ४७ जना छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.