• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खरा*ब धना*ढ्यका उदा*हरण, जेफ बे*जोस


  •    संवाददाता/ बिहिबार, असार १०, २०७८  

  • जेफ बेजोसले पृथ्वीमा कब्जा गर्ने वस्तु सकिँदै गएजस्तो छ । एक प्रक्षेपणअनुसार अमेरिकामा हुने अनलाइन खरिदमध्ये झन्डै आधा उनकै कम्पनी अमेजनबाट हुने गर्छ । अमेजनले भर्खरै एक प्रमुख किराना पसलको चेन ‘होल फुड्स’ र हलिउडको एक प्रमुख स्टुडियो एमजिएम किनेको छ । ‘द वासिंटन पोस्ट’का मालिक बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । सायद यस ग्रहमा स्वामित्व लिने वस्तु सकिँदै गएपछि अहिले उनको नजर अन्तरिक्षतर्फ तेर्सिएको छ । बेजोसले सोमबार ‘ब्लु ओरिजिन’को पहिलो मानवसहितको उडानमा सहभागी हुने घोषणा गरे । ‘ब्लु ओरिजिन’ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी हो । कम्पनीको पहिलो मानवसहितको उडानमा उनका भाइ पनि उनीसँगै हुनेछन् । घोषणापछि मिडियाले बेजोसले उनका अन्य अर्बपति प्रतिस्पर्धी इलन मस्क र रिचर्ड ब्रानसनलाई उछिन्न लागेको बताइरहेका छन् ।

     

     

    तर, बेजोसको मुख्य ध्यान अन्तरिक्षभन्दा पनि यही धर्तीतर्फ बढी हुन्थ्यो भने उनको यस्तो चर्चालाई राम्रो मान्न सकिन्थ्यो । विश्व बैंकका अनुसार विश्वमा अहिले ६८.९ करोड मानिस चरम गरिबीमा बाँचिरहेका छन्, जसमध्ये आधा बालबालिका छन् । कोरोना महामारीले विगत दुई दशकको उपलब्धिलाई ध्वस्त बनाएकाले थप १२ करोड मानिस पुनः चरम गरिबीमा धकेलिएका छन् । जुन यस वर्षको अन्त्यसम्म अझ बढ्नेछ । झन्डै १८७ अर्ब डलरका धनी बेजोसले यो स्थिति सुधार्न धेरै गर्न सक्छन् । अमेजनको प्रमुख कार्यकारी अधिकारीको पद त्याग्न लागेका अवस्थामा बेजोससँग यसमा काम गर्न प्रशस्त समय पनि हुनेछ ।

    बेजोसजस्तो अथाह सम्पत्ति भएका मानिसले अन्तरिक्ष व्यवसाय र गरिबलाई गर्ने सहयोग दुवैमा उलेख्य योगदान गर्न सक्छन् । तर, बेजोस असहायका लागि दान गर्ने विषयमा निकै कन्जुस देखिन्छन् ।

    इन्टरनेसनल रेस्क्यु कमिटी नामक दाता संस्थालाई जम्मा ५८ डलर दान गर्दा कुनै मुलुकका एकजना बालबालिकाको वर्षभरिको विद्यालय शुल्क तिरिन्छ । बेजोसले प्रत्येक वर्ष उनको रकेट विकासमा लगानी गरेको एक अर्ब डलरले कति फरक पार्छ, अनुमान गर्नुस् । खासमा १८७ अर्ब डलरको सम्पत्ति भएको मानिसले अन्तरिक्ष व्यवसायमा लगानी गर्ने कि अरूलाई सहयोग गर्ने भन्ने एउटा मात्रै छान्नैपर्दैन । सन् २०२० मा बेजोसले जलवायु परिवर्तनविरुद्ध लड्न १० अर्ब डलर दिने घोषणा गरेका छन् । तर, कोभिडका कारण भारतमा अक्सिजनको अभावबाट मानिस मरिरहेको समयमा भविष्यको सौर्य प्रणालीमा मात्र पैसा लगाउनु दुःखद हो । विशाल सम्पत्तिलाई कसरी उचित रूपमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान बेजोसले उनकी पूर्वपत्नी म्याक्केन्जी स्कटबाट सिक्न सक्छन् । म्याक्केन्जीले उनका नयाँ श्रीमान् ड्यान जेवेटसँग मिलेर ‘गिभिङ प्लेज’ अभियानमा हस्ताक्षर गरेकी छिन् ।

    यस अभियानमा हस्ताक्षर गर्नेले जीवनको उत्तरार्द्धसम्म आफूसँग भएको सम्पत्तिको अधिकांश हिस्सा दान गर्ने प्रतिबद्धता जनाउँछन् । (तर, बेजोसले हालसम्म गिभिङ प्लेजमा हस्ताक्षर गरेका छैनन् ।) सन् २०२० मा म्याक्केन्जीले झन्डै ६ अर्ब डलर रकम दानमा लगाइन् । उनले अश्वेतहरू पढ्ने कलेज तथा विश्वविद्यालयमा ध्यान दिइरहेकी छिन् । यसले म्याक्केन्जीमा आफूभन्दा फरक अनुभव भएका समुदायप्रति समेत करुण देखाउन सक्ने क्षमता रहेको देखिन्छ । उता यही अवधिमा बेजोसको बिलासी जीवनशैलीका किस्साहरू समाचारमा छाइरहे । पूरै विश्व महामारीसँग लडिरहँदा उनले अघिल्लो वर्ष लस एन्जेल्सका विशाल महलमा २५.५ करोड डलर खर्च गरेको खबर आयो । त्यस्तै उनले एक अति बिलासी डुंगामा ५० करोड डलर खर्च गरेको खबरले त बिलासी डुंगा क्षेत्रमै हलचल ल्याएको छ । बेजोसका हालसम्मका क्रियाकलापले उनले आफूसँग भएको विशाल धनलाई संकटको समयमा अरूको सहयोगमा लगाउनेछन् भन्ने संकेत गर्दैन ।

    खुद्रा सामग्रीलाई अनलाइन माध्यममार्फत सस्तोमा बेचेर अर्बौं डलर कमाउने बेजोसको कम्पनी अमेजनले कर पनि त्यति तिरेको देखिँदैन । सन् २०१९ मा कम्पनीले संघीय करअन्तर्गत एक डलर पनि नतिरेको देखिन्छ । त्यस्तै कम्पनीले कामदारको सुरक्षाको माग गर्ने श्रमिकलाई गैरकानुनी रूपमा बर्खास्त गरेको आरोप लाग्ने गरेको छ । समाजलाई सकारात्मक प्रभाव पार्न बेजोससँग अझै पनि समय नभएको होइन । अमेजनको कार्यकारी भूमिकामा रहेका  उनमा पृथ्वी छाडेपछि सम्पत्तिको सही सदुपयोगसम्बन्धी नयाँ विचार आउला भन्ने आशा गरौँ । तर, अहिलेका लागि बेजोस र बेजोसजस्तै अन्तरिक्षतर्फ नजर लगाइरहेका अर्बपतिहरूले असहायमाथि ध्यान दिन आह्वान गर्नुपर्ने अवस्था छ । बेजोस एक सफल व्यवसायी हुन् । उनी व्यावसायिक सफलताको यति उचाइमा पुगेका छन् कि उनी लाखौँ मानिस भौकभौकै रहँदा अन्तरिक्षमा जान सक्छन् । तर, हालसम्मको उनको कार्य हेर्दा उनलाई सफल मानिस भन्न सकिने अवस्था छैन ।

    (लेखक होफ्स्ट्रा विश्वविद्यालयकी सह–प्राध्यापक हुन्, उनी ओबामा राष्ट्रपति हुँदा अमेरिकाको अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक मामिलाकी प्रवक्ता थिइन्)
    साभार सीएनएनबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.