• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

खरा*ब धना*ढ्यका उदा*हरण, जेफ बे*जोस


  •    संवाददाता/ बिहिबार, असार १०, २०७८  

  • जेफ बेजोसले पृथ्वीमा कब्जा गर्ने वस्तु सकिँदै गएजस्तो छ । एक प्रक्षेपणअनुसार अमेरिकामा हुने अनलाइन खरिदमध्ये झन्डै आधा उनकै कम्पनी अमेजनबाट हुने गर्छ । अमेजनले भर्खरै एक प्रमुख किराना पसलको चेन ‘होल फुड्स’ र हलिउडको एक प्रमुख स्टुडियो एमजिएम किनेको छ । ‘द वासिंटन पोस्ट’का मालिक बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । सायद यस ग्रहमा स्वामित्व लिने वस्तु सकिँदै गएपछि अहिले उनको नजर अन्तरिक्षतर्फ तेर्सिएको छ । बेजोसले सोमबार ‘ब्लु ओरिजिन’को पहिलो मानवसहितको उडानमा सहभागी हुने घोषणा गरे । ‘ब्लु ओरिजिन’ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी हो । कम्पनीको पहिलो मानवसहितको उडानमा उनका भाइ पनि उनीसँगै हुनेछन् । घोषणापछि मिडियाले बेजोसले उनका अन्य अर्बपति प्रतिस्पर्धी इलन मस्क र रिचर्ड ब्रानसनलाई उछिन्न लागेको बताइरहेका छन् ।

     

     

    तर, बेजोसको मुख्य ध्यान अन्तरिक्षभन्दा पनि यही धर्तीतर्फ बढी हुन्थ्यो भने उनको यस्तो चर्चालाई राम्रो मान्न सकिन्थ्यो । विश्व बैंकका अनुसार विश्वमा अहिले ६८.९ करोड मानिस चरम गरिबीमा बाँचिरहेका छन्, जसमध्ये आधा बालबालिका छन् । कोरोना महामारीले विगत दुई दशकको उपलब्धिलाई ध्वस्त बनाएकाले थप १२ करोड मानिस पुनः चरम गरिबीमा धकेलिएका छन् । जुन यस वर्षको अन्त्यसम्म अझ बढ्नेछ । झन्डै १८७ अर्ब डलरका धनी बेजोसले यो स्थिति सुधार्न धेरै गर्न सक्छन् । अमेजनको प्रमुख कार्यकारी अधिकारीको पद त्याग्न लागेका अवस्थामा बेजोससँग यसमा काम गर्न प्रशस्त समय पनि हुनेछ ।

    बेजोसजस्तो अथाह सम्पत्ति भएका मानिसले अन्तरिक्ष व्यवसाय र गरिबलाई गर्ने सहयोग दुवैमा उलेख्य योगदान गर्न सक्छन् । तर, बेजोस असहायका लागि दान गर्ने विषयमा निकै कन्जुस देखिन्छन् ।

    इन्टरनेसनल रेस्क्यु कमिटी नामक दाता संस्थालाई जम्मा ५८ डलर दान गर्दा कुनै मुलुकका एकजना बालबालिकाको वर्षभरिको विद्यालय शुल्क तिरिन्छ । बेजोसले प्रत्येक वर्ष उनको रकेट विकासमा लगानी गरेको एक अर्ब डलरले कति फरक पार्छ, अनुमान गर्नुस् । खासमा १८७ अर्ब डलरको सम्पत्ति भएको मानिसले अन्तरिक्ष व्यवसायमा लगानी गर्ने कि अरूलाई सहयोग गर्ने भन्ने एउटा मात्रै छान्नैपर्दैन । सन् २०२० मा बेजोसले जलवायु परिवर्तनविरुद्ध लड्न १० अर्ब डलर दिने घोषणा गरेका छन् । तर, कोभिडका कारण भारतमा अक्सिजनको अभावबाट मानिस मरिरहेको समयमा भविष्यको सौर्य प्रणालीमा मात्र पैसा लगाउनु दुःखद हो । विशाल सम्पत्तिलाई कसरी उचित रूपमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान बेजोसले उनकी पूर्वपत्नी म्याक्केन्जी स्कटबाट सिक्न सक्छन् । म्याक्केन्जीले उनका नयाँ श्रीमान् ड्यान जेवेटसँग मिलेर ‘गिभिङ प्लेज’ अभियानमा हस्ताक्षर गरेकी छिन् ।

    यस अभियानमा हस्ताक्षर गर्नेले जीवनको उत्तरार्द्धसम्म आफूसँग भएको सम्पत्तिको अधिकांश हिस्सा दान गर्ने प्रतिबद्धता जनाउँछन् । (तर, बेजोसले हालसम्म गिभिङ प्लेजमा हस्ताक्षर गरेका छैनन् ।) सन् २०२० मा म्याक्केन्जीले झन्डै ६ अर्ब डलर रकम दानमा लगाइन् । उनले अश्वेतहरू पढ्ने कलेज तथा विश्वविद्यालयमा ध्यान दिइरहेकी छिन् । यसले म्याक्केन्जीमा आफूभन्दा फरक अनुभव भएका समुदायप्रति समेत करुण देखाउन सक्ने क्षमता रहेको देखिन्छ । उता यही अवधिमा बेजोसको बिलासी जीवनशैलीका किस्साहरू समाचारमा छाइरहे । पूरै विश्व महामारीसँग लडिरहँदा उनले अघिल्लो वर्ष लस एन्जेल्सका विशाल महलमा २५.५ करोड डलर खर्च गरेको खबर आयो । त्यस्तै उनले एक अति बिलासी डुंगामा ५० करोड डलर खर्च गरेको खबरले त बिलासी डुंगा क्षेत्रमै हलचल ल्याएको छ । बेजोसका हालसम्मका क्रियाकलापले उनले आफूसँग भएको विशाल धनलाई संकटको समयमा अरूको सहयोगमा लगाउनेछन् भन्ने संकेत गर्दैन ।

    खुद्रा सामग्रीलाई अनलाइन माध्यममार्फत सस्तोमा बेचेर अर्बौं डलर कमाउने बेजोसको कम्पनी अमेजनले कर पनि त्यति तिरेको देखिँदैन । सन् २०१९ मा कम्पनीले संघीय करअन्तर्गत एक डलर पनि नतिरेको देखिन्छ । त्यस्तै कम्पनीले कामदारको सुरक्षाको माग गर्ने श्रमिकलाई गैरकानुनी रूपमा बर्खास्त गरेको आरोप लाग्ने गरेको छ । समाजलाई सकारात्मक प्रभाव पार्न बेजोससँग अझै पनि समय नभएको होइन । अमेजनको कार्यकारी भूमिकामा रहेका  उनमा पृथ्वी छाडेपछि सम्पत्तिको सही सदुपयोगसम्बन्धी नयाँ विचार आउला भन्ने आशा गरौँ । तर, अहिलेका लागि बेजोस र बेजोसजस्तै अन्तरिक्षतर्फ नजर लगाइरहेका अर्बपतिहरूले असहायमाथि ध्यान दिन आह्वान गर्नुपर्ने अवस्था छ । बेजोस एक सफल व्यवसायी हुन् । उनी व्यावसायिक सफलताको यति उचाइमा पुगेका छन् कि उनी लाखौँ मानिस भौकभौकै रहँदा अन्तरिक्षमा जान सक्छन् । तर, हालसम्मको उनको कार्य हेर्दा उनलाई सफल मानिस भन्न सकिने अवस्था छैन ।

    (लेखक होफ्स्ट्रा विश्वविद्यालयकी सह–प्राध्यापक हुन्, उनी ओबामा राष्ट्रपति हुँदा अमेरिकाको अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक मामिलाकी प्रवक्ता थिइन्)
    साभार सीएनएनबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.