• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बागलुङमा डेङ्गीका बिरामी बढ्दै, परीक्षणका लागि किटको अभाव


  •    संवाददाता/ बिहिबार, असोज २५, २०८०  

  • पछिल्लो समय बागलुङ जिल्लामा डेङ्गीकाे संक्रमण बढीरहेको छ । धौलागिरी अस्पताल बागलुङले हालसम्म गरेको परिक्षणमा बागलुङका १ सय ३९ जनामा डेङ्गी संक्रमण देखिएको छ । अस्पतालमा डेङ्गीका लक्षण भएका बिरामीको संख्या बढ्दै गएको भएपनि किट अभाव हुँदा परीक्षण प्रभावित भएको छ ।

    अस्पतालले किट अभावमा डेङ्गी परीक्षण गर्न नसकिएको भन्दै ५ सय किटको व्यवस्थापन गरिदिन स्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य निर्देशनालय पोखरामा आग्रह गरेको भएपनि हालसम्म किट उपलब्ध नभएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रबिरञ्जन प्रधानले बताउनुभयो ।

    स्वास्थ्य कार्यालय बागलुङले पनि डेङ्गी रोग महामारीको रुपमा आएकोले रगत परीक्षण किट भित्राउन सबैको चासो र पहल हुनुपर्ने आवश्यकता औल्याएको छ । डेंगी, स्क्रब टाइफस, सापु लगायतका जोखिम बढीरहेको बिषयमा सरोकारवालाको ध्यानाकर्षण समेत गराइएको छ ।

    बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेङ्गीका बिरामी धेरै भेटिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । परीक्षण किट व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय, जिल्ला दैविक प्रकोप उद्दार समिति तथा मनसुनजन्य विपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको शर्माले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.