बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ। मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।
बझाङसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्। भूकम्प गएपछि उनीहरु घरबाहिर निस्किएका थिए। बझाङमा असोज १६ गतेपछाडि ४ रेक्टरस्केलका १६ पटक गएको छ।








