काठमाडौं नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवक मृत भेटिएका छन्। मृत भेटिनेमा बुद्धनगर बस्ने २० वर्षीय विमल महरा रहेका छन्।
उनी बुधबार बिहान नदी किनारको झाडीमा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त बानेश्वरका अनुसार घटनास्थलमा रगत र सिरिन्ज भेटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








