खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुमको नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्रको वडा अभियान असोज ११ गते देखि कोथपे, लुभु, गोठपानीवाट सुरु भई चिउरिटोल र पिपलटारमा पुगेर सम्पन्न भएको छ ।
यस अभियानमा पार्टि केन्द्रीय सदस्य तथा अभियानका खाँडादेवी गाउँपालिका ईन्चार्ज भोला सापकोटा, वागमती प्रदेश कमिटि सदस्यद्धय रामकृष्ण लामा र सोनाम ग्यापक, अन्य अतिथिमा डिल व. श्रेष्ठ, युवा नेता तथा जनप्रिय निवर्तमान वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ, राकाथुम माओवादी सस्थापक नेता वीर वहादुर लामा, जनप्रिय युवा नेता राकाथुमका वडाध्यक्ष राम कुमार श्रेष्ठ, तेज घिसिङ,चन्द्र वम्जन, नर व तामाङ, रिता रानामगर, वडा सदस्य मन्जु श्रेष्ठ, ईश्वर अस्थानि मगर, ईन्द्र व विक, जगदिश लामा, एक व. श्रेष्ठ लगायत पार्टीमा आस्थावान, समर्थक शुभेच्छुक जनसमुदायहरुसँग भेटघाट तथा अन्तरक्रिया गरी टोल कमिटीको भेला र विभिन्न जनवर्गीय संगठनहरुको नेतृत्व चयन सम्पन्न गरिएको छ ।
साथै यो अभियानमा अन्य पार्टिका विचार र आस्थालाई छोडि परित्याग गरी पार्टीको विचार र आस्थामा समाहित हुने आदरणिय व्यक्तित्वहरुमा वडा पार्टी संगठनका पार्टि अध्यक्ष चण्डिकालाल मोक्तान, पार्टि सचिव जीवन रानामगर पार्टि संगठनको तर्फबाट विशेष धन्यवाद दिदै अभियान भव्य र सभ्य रुपमा सफल र उत्कृष्ट गराउन उपस्थिति हुने शुभेच्छुक समर्थक आमावुवा,दाजुभाई दिदी वहिनिहरुमा हार्दिक धन्यवाद दिए ।












