• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आम माफी र बास्तबिकता धरातल नटेकी बर्तमान सरकार

"आम माफी र बास्तबिकता धरातल नटेकी बर्तमान सरकार "

  •    अभियान हाम्रो/ शनिबार, असोज २०, २०८०  

  • एस पि रेग्मी।

    झापा

    आम माफिका बिसयमा भर्खरै आममाफी पाएका अपराध का अभियुक्त लाई लिएर समाजमा धेरै कानेखुसी भए। अधिकाम्श जनताले बास्तबिकताको धरातल नटेकी बर्तमान सरकारलाई आएजती,सकेजती र शब्दकोश मा भेटिएका जति सब्दजरुले गालिको वर्षा मात्र होइन बाढी को सागर नै बगाए। तर आम माफिको बिसयमा सरकार लाई म अक शब्द पनि गालिगर्ने पक्षमा छैन।

    किनकी यो बिसयमा सरकारबाट म गलत भएको कुरा विश्लेषण गर्नै सक्दिन। घटना बिसयमा गलत अवस्य छ। मेरो बिरोध रहन्छ,जरुर रहन्छ।यस्ता गम्भीर अपराध मा सम्लग्न जो कोहि छुट्नु हुन्न भन्ने कुरामा चेतनशिल मानव मौन रहन सक्दैन। हुन्न। हिजो राजाकै पालादेखी वा अन्य सरकार हुदा पनि आम माफी दिदै आएको हो।

    स्वयं पुर्वप्रधानमन्त्री के पि शर्मा ओलि ले पनि आम माफी पाएकै हुन। हामी गहिरो विश्लेषण गरौ।आममाफी को भरपुर मुनाफा भुलबस ट्रक चलाउदा ट्रकले किचेर मर्ने केसमा आज पनि तल्लागरे साइलो जेलमा छ। भुलबस भएका यस्ता कयौ घटनाका पात्रहरु आज जेलमै छन। यो आम माफी कसले पाउछ ? जो राजनैतिक शक्ति को आडमा वा शक्ति केन्द्रको नजिक छ उसैले पाउछ।यहाँ घटना कस्तो प्रकृतिको हो हेरिन्न,हेरिन्छ त केवल कुन पार्टी र कत्ती पहुछवाला छ।

    यो त सरासर शक्तिकेन्द्र को पहुचमा भएको खुलमखुल्ला साडे प्रवृत्ति भएनर ? जस्तोसुकै अपराध गर्यो आममाफी प्रयोग गरेर मुलगेट बाट अबिर माला लगाएर निस्कियो। यो प्रक्रिया आज र यो सरकारले मात्र गरेको होइन तेसैले म सरकार भन्दापनी संविधानमा भएको यो आममाफी ब्यवस्थाको बिरोधि भने पक्कै हु। हिजो केपि ओलि छुटे आज पात्र फरक भयो होला,भोलि अर्को सरकार फेरिएला तर यो प्रक्रिया त चलिरहन्छ। तेसैले समग्रमा यहाँ सरकार ,ब्याक्ति भन्दापनी यो आममाफि नै गलत प्रक्रिया र सिस्टम हो।

    यसको माध्यम बाट गम्भीर अपराधी र पहुचवालाहरु छुटिरहने छन। अत हामिले सरकारको बिरोध भन्दापनी आम माफी प्रक्रिया को बिरोध जरुरी देखिन्छ। दोश्रो कुरा, आम माफिसग सरकार, सरकार बन्ने प्रक्रिया र समग्र सिस्टम अलग हुनै सक्दैन। यहाँ सरकारले गर्यो भनेर एउटा चेतनशिल मानव दोस थुपारेर उम्कन मिल्दैमिल्दैन।

    हाम्रो आममाफी प्रक्रिया सग सरकार बन्ने र संसदीय ब्यवस्थाको जोडघटाउ ,लेनदेन र संसदीय ब्यवस्थाको कुरुप प्रक्रिया को प्रमुख भुमिका रहेको कुरा हामिले छुटाउन झनै मिल्दैन। अतह हामी यस्तो एउटा फेलर अभ्यासमा , प्रणालीमा छौ जहाँ बाट पुजिबादको मात्र सेवा हुने गर्दछ । यश ब्यवस्थामा सर्बहारा बर्गको हित सम्झनु भनेको गधा धोएर गाई बनाउनु जत्तिकै मुस्किल छ।

    (लेखक सामाजिक सेवा तथा समाजका बिकृती बिरुद्ध समसामयिक कलम चलाउने गर्नुहुन्छ )

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.