• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमाले गण्डकीमा नवराज


  •    संवाददाता/ शुक्रबार, असोज १९, २०८०  

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अध्यक्षमा पराजित मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । निर्वाचित शर्मा एमाले गण्डकीका तदर्थ समितिका अध्यक्ष हुन् ।

    प्रदेश कमिटी अध्यक्षमा म्याग्दीका शर्मालाई पार्टी नेता पृथ्वी सुब्बा र लमजुङका अधिकारीलाई अर्का नेता खगराज अधिकारीकाे साथ रहेकाे थियाे । उनीहरु चुनावी मैदानमा प्यानल बनाएर उत्रिका थिए । विजयी सबै पदाधिकारीहरु शर्मा प्यानलका हुन् भने सदस्यहरुकाे भने मिश्रित नतिजा आएकाे छ ।

    उपाध्यक्षमा मीनबहादुर गुरुङ निर्वाचित भए । निर्वाचित गुरुङले ५३४ मत प्राप्त गरे भने पराजित बाबुराम विकले ३६२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडी निर्वाचित भए ।  बिजयी दवाडीले ५२० मत प्राप्त गर्दा पराजित रश्मि आचार्यले ३७६ मत प्राप्त गरे । उपसचिवमा विजयी दामबहादुर विकले ४९९ मत प्राप्त गर्दा साे पदमा पराजित सन्तोष रावलले ३९७ मत प्राप्त गरे । उपसचिव महिलामा  मञ्जु अधिकारी प्यासी बिजयी भईन् । बिजयी अधिकारीले ५३१ मत प्राप्त गर्दा पराजित मीना गुरुङले ३६५ मत प्राप्त गरिन् ।

    विहीबार भएको मतदान राती अवेर सकिएपछि मतगणना शुक्रबार विहानसम्म गरिएको थियो । विहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका थिए।नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुंगो लगाइएकाे हाे। प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.