मेष- आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। प्रायः सबै काम बन्नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ।
वृष- पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्याउनु होला। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला।
मिथुन- तपाईंको बुद्धिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्नको लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवं धन पाइने दिन छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। अन्नको पनि लाभ मिल्न सक्छ।
कर्कट- धनको लाभ अर्थात् रुपैयाँ पैसा कमाइने दिन छ। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। आज तपाईंलाई अनौठो तरिकाबाट धनलाभ हुन सक्छ। परिवारबाट सुखको अनुभूति पनि मिल्ला। धन कमाउने बाटाहरूको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि मिल्नेछ।
सिंह- अनौठो तरिकाबाट रुपैयाँ-पैसा कमाइने छ। आज रमाइलो यात्राको योग पनि छ। हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ। रमणीय र सुखद यात्राको योग छ। आज तपाईंको कहीं टाढाको यात्रा हुने दिन छ। परिवारमा खुशीको माहोल छाउनेछ।
कन्या- आज तपाईंलाई सामान्य रोगले सताउला सावधान रहनु होला। साथै भौतिक सरसामानको पनि क्षति हुने दिन छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। भौतिक साधनको पनि क्षति हुने दिन छ, होश पुर्याउनु होला। दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ, शरीरमा रोगले पनि सताउने दिन छ।
तुला- बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ। सोचेअनुसार काम सम्पन्न भने हुँदैन। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। तर, सोचेको काममा भने वाधा बेहोर्नु पर्ला।
वृश्चिक- आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने दिन छ। व्यापार व्यवसायमा राम्रै आम्दानी हुने दिन छ। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। बन्द व्यापारबाट लाभ मिल्नेछ। र, स्वास्थ्यमा कुनै समस्या देखिने छैन। पढाइमा सफलता मिल्ने दिन छ।
धनु- काम गर्न जाँगर आउनाले धनको लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति पनि हुनेछ। नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ। साथै व्यापार-व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ। आज तपाईंलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्।
मकर- विचार बढ्ने समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ। हातहतियारबाट जोगिएर काम गर्नुहोला, छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ।
कुम्भ- धन मान पाउने योग छ। नोकरी तथा राजनीतिमा आफ्नो बर्चश्व बढाउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ।
मीन- परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ। पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला।








