बिकास लुङ्गेली
पोखरा
खुल्यो खुल्यो भर्ना खुल्यो
बेरोजगार युवालाई लक्षित गरि
आजको आवस्यकता मनन गरि
वाग्नर ग्रुप गठन गर्दैछौं हामि
भाडामा युद्ध लड्दैछौं हामि
स्वरुप
व्यावसायिक सेना हाम्रो बिशेषता
केही हजार युवा तुरुन्तै आवस्यकता
आवस्यकपरे आगो लाउन सक्ने
पुलिसको सामु खुकुरी नचाउने
राजावादी देखि माओवादी सम्म
जुनसुकै पार्टीको झन्डा समाउन
जुनसुकै धर्मको नारा लगाउने
अराजक भिडलाइ भड्काउन सक्ने
सिङ्गो समाजलाई तर्साउन सक्ने
तिग्रे पाखुरे सकेसम्म काले
अनुहार हेर्दै तर्सिने खाले
त्यस्ता मान्छेले सम्झिनुहोला
तालिममा सरिक भइदिनुहोला!
योग्यता
कुण्डल लगाउने जगल्टा पाल्ने
हेर्दा टिप टप अक्षर नचिन्ने
अनुभवीलाई विशेष अवसर
ज्यानमारालाइ सिधै कमान्डर
फरार अभियुक्तलाई डाइरेक्टर
टोले गुन्डालाइ ग्याङ को लिडर
सम्झौता गरि जुलुसमा जाउँला
फाइदा मिले हतियार चलाउँला
आयोजक फेर्दै सरकार गलाउँला
युरो डलर भारु जेछ मिलेर खाउँला







