• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पेय पदार्थको प्याकेजिङमा लापरवाही, इन्सेक प्रतिनिधि मार्फत कारबाहीका लागि प्रशासनमा बुझाइयो

"पेय पदार्थको प्याकेजिङमा लापरवाही, इन्सेक प्रतिनिधि मार्फत कारबाहीका लागि प्रशासनमा बुझाइयो "

  •    अभियान हाम्रो/ शनिबार, असोज १३, २०८०  

  • कुश्मा बजार स्थित एक होटलमा असोज १२ गते डाबर नेपाल प्रालिले उत्पादन गर्दै आएको रियल ब्रुस्ट जुस प्याकेजिङका क्रममा लापरवाही भएको पाइएको छ । नखोलिएको अवस्थामा भेटिएको जुसको बट्टा काटिएको र पुन गाँसेर कालो टेप लगाइएको अवस्थामा भेटिएको हो ।

    होटल सञ्चालकले इन्सेक प्रतिनिधि सन्तोष थापालाई जुसको अवस्थाका बारेमा जानकारी दिएपछि इन्सेक प्रतिनिधिले उपभोक्ताको हित प्रतिकूल हुने गरी उत्पादन गरेर बजारमा पठाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाउनुभएको छ । जुसको प्याकेट खोलेपछि सबै हेर्दा एउटा बट्टा उक्त अवस्थामा फेला परेको थियो । यसरी भेटिएको जुसको बट्टा भित्र करिब ३० प्रतिशत मात्रै पेय पदार्थ रहेको पाइएको छ । जुस सेवनका लागि राखिएको एस्ट्रो समेत जुसकै बट्टामा अन्य सरह राखिएको पाइएको छ ।

    उक्त विषयमा उत्पादक कम्पनीका सेल्स म्यानेजर एकराज आचार्यलाई इन्सेक प्रतिनिधिले सम्पर्क गर्दा आचार्यले कम्पनीको तर्फबाट त्यस्तो गल्ती हुन नसक्ने दावी गर्नुभयो । उहाँले जुस प्रत्यक्ष रुपमा कुन अवस्थामा छ भन्ने देखेपछि मात्रै आफुले सबै कुरा भन्न सक्ने बताउनुभयो ।

    जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले उपभोक्ताको अधिकार प्रति कसैले पनि खेलवाड गर्न नहुने भन्दै पेयपदार्थको बारेमा यथार्थ विवरण संकलन गरी खाद्य तथा गुण नियन्त्रक कार्यालयको समन्वयमा कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पर्वतले असोज १२ गते नै खाद्य तथा गुण नियन्त्रक कार्यालय बागलुङका कर्मचारीहरु मार्फत आवश्यक अनुगमन गरी परीक्षणका लागि पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.