१३ असोज थाक्रे ।
धादिङको थाक्रे गाउपालिका ८ मा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम हुने भएको छ।
थाक्रे ८ को अभियान जेष्ठ नागरिकहरुको सम्मान भन्ने नाराको साथ् थाक्रे गाउँपालिका वडा नं. ८, धादिङको आयोजनामा ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम गर्न लागिएको थाक्रे ८ का वडा अध्यक्ष प्रेम कुमार थापा (रामेश्वर)ले जानकारी दिनु भयो।
थाक्रे गाउंपालिका वडा नं ८ अर्न्तगतका ६८ वर्ष माथिका जेष्ठनागरिक दलित समुदायको हकमा ६० वर्ष माथिका जेष्ठ नागरिकलाइ सम्मान गर्न लागिएको वडा सदस्य राजकुमार लामाले बताउनु भयो।









