मिनासिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान हुनु भएको हो ।
गण्डकी प्रदेशकापूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपालपत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित भएको छ । संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको हो ।
सम्मानित भएकी पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् । हाल उनी नेपालआदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन् ।
यस्तै पत्रकार तारापौडेलले २०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनी हाल सिटी पोखरा डटकमको सञ्चालक/सम्पादक भएर काम गरिरहेकी छिन् । यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी,विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपाल न्यूज डटकममा काम गरिसकेकी छिन् ।
उनले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गरेकी थिइन् । नेपालपत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुदपत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्य भएर काम गरेकीतारा प्रेसचौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुन् ।
यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्तिगुरुङ, सरिता तिम्सिनापगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविनाआले सम्मानित भइसकेका छन् ।








