• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सर्वोच्च अदालतले फेवातालको ६५ मिटरभित्रका संरचना ६ महिनाभित्र हटाउन आदेश जारी

"सर्वोच्च अदालतले फेवातालको ६५ मिटरभित्रका संरचना ६ महिनाभित्र हटाउन आदेश जारी  "

  •    अभियान हाम्रो डट कम / बुधबार, असोज १०, २०८०  

  • फेवाताल संरक्षण सम्बन्धी परेका दुई मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले पार्क भिलेजलाई संरचना बनाउन दिने तत्कालीन सराङकोट गाविस र पोखरा उपत्यका नगर विकास समितिको सिफारिस समेत बदर गरेको हो ।

    उक्त होटलले सार्वजनिक जग्गा प्रयोग गरिरहेको अनि संरचना समेत कानून बमोजिम बनेको नदेखिएको भन्दै सर्वोच्च अदालतले त्यसको सबै भाग हटाउन आदेश दिएको हो ।

    सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘फेवाताल प्राकृतिक, जैविक विविधता, वातावरण तथा पारिस्थितिक प्रणालीका रुपमा संवेदनशिल र रमणीय सौन्दर्यले भरिपूर्ण सार्वजनिक महत्वको संरक्षित सम्पदाहरूलाई अन्य निजी तथा व्यवसायीक लाभका लागि निजी सम्पत्ति सरह प्रयोग गर्नु सार्वजनिक विश्वास तथा हित विपरीत हुन जाने देखिन्छ ।’

    सर्वोच्च अदालतले व्यक्ति र संस्थाका नाममा दर्ता भएका जग्गा र संरचना हटाउन आदेश दिएको छ । सर्वोच्च अदालतले फेवातालको पानीको सतहबाट ६५ मिटर वरपर कुनै संरचना बनाउन नदिनु भनी आदेश दिएको छ । यसअघि पोखरा महानगरपालिकाले ६५ मिटरको सीमा घटाएर ३० मिटरमात्रै बनाएको थियो ।

    सर्वोच्च अदालतले फेवातालको सिमाभित्र कुनै व्यापार व्यवसाय गर्ने अनुमती दिएको भए त्यसलाई रद्द गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले फेवाताल किनारदेखि ६५ मित्रको क्षेत्रलाई हरियाली क्षेत्र बनाउन आदेश दिएको छ । त्यसका लागि उसले ६ महिनाको समय दिनु भनेको छ ।

    फेवाताल संरक्षित जलाधार क्षेत्र रहेको भन्दै सर्वोच्चले मुहानदेखि जलाधार क्षेत्र संरक्षणका लागि भू तथा जलाधार क्षेत्र संरक्षण ऐन बमोजिमको काम गराउनु भनी आदेश दिएको छ ।

    सर्वोच्च अदालतले गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित पोखरा उपत्यका नगर विकास समिति, पोखरा महानगरपालिका र मालपोत कार्यालय, कास्कीलाई पठाउन आदेश दिएको हो ।

    अनि निर्णय कार्यान्वयनको अनुगमन गर्न फैसला कार्यान्वयन निर्देशनालयलाई पनि फैसलाको जानकारी दिनु भनेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.