• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कार्यालयमा तत्काल कर्मचारी खटाउन जिल्ला प्रशासनमा ध्यानाकर्षण

"नागरिकता वितरण कार्य रोकिएपछि मानव अधिकार रक्षक सञ्जाल, इन्सेक र पत्रकार महासंघ, जुम्ला लगायतले तत्काल कर्मचारी खटाउन असाेज ८ गते  ध्यानाकर्षण "

  •     अभियान हाम्रो/ मङ्गलबार, असोज ०९, २०८०  

  • कर्मचारी अभावले इलाका प्रशासन कार्यालय नराकोटमा तीन सातादेखि नागरिकता वितरण रोकिएपछि भदौ २६ गते इन्सेक अनलाइनमा एक सातादेखि कार्यालयमा कर्मचारीविहीन, सेवाग्राहीले पाएनन् नागरिकता शीर्षकको समाचार प्रकाशन भएको थियो । लामो समयदेखि नागरिकता वितरण कार्य रोकिएपछि मानव अधिकार रक्षक सञ्जाल, इन्सेक र पत्रकार महासंघ, जुम्ला लगायतले तत्काल कर्मचारी खटाउन असाेज ८ गते  ध्यानाकर्षण गरेको हो ।

    सरकारले स्थापना गरेको इलाका प्रशासन कार्यालयमा अधिकृत नभएको भन्दै नागरिकता वितरण रोकिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गरेको छ । इलाका प्रशासन कार्यालय जुम्लाको सिंजा क्षेत्र हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई केन्द्र बनाई स्थापना गरिएको थियो । २०७३ मङ्सिर महिनादेखि अधिकृत स्तरको कर्मचारी दरबन्दी भए पनि हालसम्म कर्मचारी नपठाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनु भयो ।

    नायब सुब्बा स्तरको कर्मचारीलाई जिम्मेवारी दिइ नागरिकता वितरण गरिदै आएको थियो । उहाँले भन्नु भयो, “विगत तीन सातादेखि नायब सुब्बा सुरत गिरीको काज सकिएसँगै अनेत्र सरुवा भएकाले ईलाका प्रशासनबाट नागरिकता वितरण हुन सकेको छैन । तत्काल कर्मचारी खटाउन माग गरिएको हो ।” सरकारले कर्मचारी नपठाउँदा नागरिकता सदरमुकाममा ल्याएर हस्ताक्षर गर्नुपर्ने अवस्था तत्काल अन्त्य हुनुपर्ने मानव अधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राज बहादुर महतले बताउनु भयो । उहाँले भन्नुभयो ‘तीन सातादेखि स्थानीय प्रशासन मार्फत पहल गर्दा पनि हालसम्म पनि कर्मचारी खटाउने विषय कार्यान्वयन हुन नसक्नु दुखद् कुरा हो । ’

    कर्मचारी नहुँदा नागरिकले पाएको सास्ती प्रति सम्वेदनशील भए पनि  गृहले तत्काल कर्मचारी पठाउन नसक्ने जानकारी दिएकाले समस्या भएको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, गृहले अधिकृत खटाउन नसक्ने बताएको छ । तत्काल कर्मचारी खटाउन मुस्किल छ । तर कर्मचारी खटाउन पहल गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.