• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वासिङ्टनस्थित क्युबाको दूतावासमा पेट्रोल बम आक्रमण


  •    संवाददाता/ सोमबार, असोज ०८, २०८०  

  • वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल बम प्रयोग गरी आक्रमण गरेको क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताएका छन्। त्यहाँका विदेशमन्त्रीले घटनालाई ‘आतंकवादी हमला’ को संज्ञा दिएका छन्।

    विदेशमन्त्री रोड्रिगेजले यस पहिले ट्वीटरका नामले प्रसिद्ध सामाजिक सञ्जाल एक्स मा पोस्ट गरेको विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकास्थित क्युबाको दूतावासमा दुई वटा पेट्रोल बम प्रहार गरी एक व्यक्तिले आतंकवादी हमला गरेका छन्। आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन।’

    सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो। उक्त आक्रमणबाट पनि कुनै हताहत भएको थिएन। क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर हवाना फर्केको केही घण्टापछि आइतबार राति उक्त आक्रमण भएको हो।

    न्यूयोर्कमा संयुक्त राष्ट्रसंघमा डियाज-क्यानेलको उपस्थितिको विरोधमा संयुक्त राज्य अमेरिकामा रहेका क्युबाली नागरिकले प्रदर्शन गरेको सामाजिक सञ्जालमा शेयर गरिएका पोस्ट र भिडियोले देखाएको छ। रोड्रिगेजले आइतबारको आक्रमणपछि भने, ‘क्युबा विरोधी समूहहरूले आफू दण्डहीनताको आनन्द उठाइरहेको महसुस गर्दा आतंकवादको सहारा लिन्छन्, जसबारे क्युबाले अमेरिकी अधिकारीहरूलाई बारम्बार जानकारी गराउँदै आएको छ।’

    अप्रिल २०२० मा क्युबाका विदेशमन्त्रीले हवानास्थित तत्कालीन अमेरिकी कार्यवाहक राजदूत मारा टेकचलाई बोलाएर आफ्नो दूतावासविरुद्ध ‘आतंकवादी आक्रमण’ गरेको भन्दै ‘कडा विरोध’ व्यक्त गरेका थिए। सन् २०२० को उक्त आक्रमणमा विष्फोटले बाहिरी भित्ता र स्तम्भहरूमा गोलीका प्वालहरू छोडेको, सडकबत्ती भाँचेको र भवनको अगाडिको सिसा र मोल्डिङका धेरै सिसाहरूमा क्षति पुर्‍याएको थियो।

    अमेरिकी अधिकारीहरूले उक्त आक्रमणको आरोपमा ४२ वर्षीय अलेक्जेन्डर अलाजोलाई पक्राउ गरेका थिए। अमेरिकी न्याय विभागका अनुसार अलाजोलाई जुलाई २०२० मा उनीमाथि ‘घातक हतियार प्रयोग गरेर विदेशी अधिकारी वा सरकारी परिसरमा हिंसात्मक आक्रमण’ लगायत विभिन्न अपराधको अभियोग लगाइएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.