• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सकसपूर्ण जीवन बिताउँदै धमिलिकुवा पौवाटोलका भूमिहीन दलित समुदाय


  •    अभियान हाम्रो/ बिहिबार, असोज ०४, २०८०  

  • राइनास नगरपालिका– ६ धमिलिकुवा पौवा टोलका भूमिहीन दलित समुदायहरु सकसपूर्ण दैनिकी र अन्यौलग्रस्त जीवनयापन गर्न बाध्य छन् । यसका बारेमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

    दैनिक जीवनयापन, बालबालिकाको लालनपालन, शिक्षाआर्जन र स्वास्थ्योपचार जस्ता विषयमा समस्या झेल्दै आएका पौवा बासीको अवस्था बारे स्थानीयतह देखि सामाजिक संघसंस्था र सबै तहका सरकार बेखवर छन् ।

    अधिकांश बासिन्दा राइनासकै प्यारजुङ र केही परिवार सुन्दरबजारको कुन्छाबाट त्यहाँ गएर सार्वजनिक जग्गामा बसोबास गर्दै आएका हुन् । १३ घरपरिवार रहेको पौवा बासीको घरबास र खेतीपातीका लागि आफ्नै जग्गा छैन भने घर समेत सुरक्षित र व्यवस्थित छैनन् । कमाई गरिखाने जमिन नभएकै कारण कृषि उत्पादन र पशुपालनमा अघि बढ्न नसकिएको र त्यसकारण राम्रो कमाई गर्न समेत नसिकएको अगुवा महिला विष्णुमाया परियार बताउनुहुन्छ । कसैको पनि नियमित रोजगारी नभएको हुँदा मेलापातकै भरमा खानपान र लालनपालन गर्दै आएको उहाँले बताउनुभयो ।

    कसैले अधिँया खेती गर्दै आएको भएपनि त्यसले लामो समय नपुग्ने हुँदा किनेरै खानुपर्ने बाध्यता रहेको छ । नियमित आम्दानीको स्रोत नभएकाले उनीहरुले जहिल्यै आर्थिक अभाव भोग्नु परेको छ । भूमिहीनको समस्या र बस्ती व्यवस्थापन जस्ता समस्या समाधान प्रति वडा, नगरपालिका वा त्यस भन्दा माथिल्लो निकायको चासो नदेखाएको पौवा बासीको गुनासो छ ।

    उक्त बस्तीमा आर्थिक अवस्था सवल नभएको, बालबालिका नियमित रुपमा विद्यालय नजाने र बालविवाह मुख्य समस्या रहेको पाइएको छ । विद्यालय जाने उमेरका बालबालिका ३० जना रहेका र ९ कक्षा माथि पढ्ने भने कोही पनि छैनन् ।  त्यहाँ बासिन्दा अधिँया खेतीपाती गर्ने, बाख्रा, सुँगुर बँगुर पाल्ने गरेरै जीविकोपार्जन गर्दै आएको र पछिल्लो समय महिलाहरुले पञ्चेबाजा बजाउने सीप विकास गर्दै आएका छन् ।

    यस विषयमा उक्त बस्तीका लागि धेरै ठूला योजना र कार्यक्रम गर्न नसकिए पनि गतसाल पञ्चेबाजा खरिदमा सहयोग गरिएको, बिजुलीको पोल उपलब्घ गराइएको र गल्लीमा ढुंगा छाप्ने काम भएको उक्त वडाका अध्यक्ष गोविन्द चिलुवालले बताउनुभयो । सो वस्तीका विद्यार्थीले विद्यालय छाड्ने क्रम बढ्दो देखिएकाले अब शैक्षिक सहयोगको कार्यक्रम गर्ने सोच बनाइएको र त्यसलाई कार्यान्वयन गराएरै छाड्ने पनि उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.