• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान कोशी प्रदेशमा सुरु


  •    संवाददाता/ शुक्रबार, भदौ २९, २०८०  

  • किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप भदौ २८ गतेदेखि कोशी प्रदेशमा लगाउन थालिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट ०८० भदौ २७ गतेदेखि खोप अभियानको उदघाटन गरेको भएपनि कोशी प्रदेशमा भदौ २८ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप लगाउन थालिएको हो ।

    प्रदेशस्तरीय अस्पताल कोशी अस्पतालमा एचपीभी खोपको मात्रा २ हजार २६ भाइल आएको र सोही मात्रामा १४ वर्ष उमेर पुरा गरेका तर १५ वर्ष उमेर नकटेका बालिकाहरुलाई खोप लगाउन थालिएको कोशी स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनु भयो ।

    यो वर्ष खोपको अभियान सुरु भएको र आगामी वर्ष नौ वर्षदेखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप लगाउने कोशी स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनु भयो ।

    खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

    स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा प्रमुख डाक्टर विवेकलाल कर्णका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाउन थालिएको छ ।

    ‘विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको खोप हो।’ विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो, कोशी स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले भन्नुभयो ।

    ०६५ भदौदेखि ०६६ भदौसम्म जन्म मिति भएकाहरुलाई मात्र एचपीभी खोप लगाइने र खोप लगाउन जन्म दर्ता अनिर्वाय भएको कोशी स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनु भयो ।

    सरकारीस्तरबाट पहिलो पटक किशोरीलाई खोप दिन लागिएको एचपीभी विरुद्धको खोप दातृ निकाय ग्लोबल भ्याक्सिन एलायन्स (गाभी) को सहयोगमा आएको स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनु भयो ।

    नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ ।

    चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो ।

    विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघर मुखको क्यान्सरको कारण मृत्यु हुने गरेको छ ।

    चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।

    सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.