• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुगलमा कर्मचारी कटौती: जसले कम्पनीका लागि कर्मचारी भर्ती गर्थे अब उनीहरू नै निष्कासनमा


  •    संवाददाता/ शुक्रबार, भदौ २९, २०८०  

  • गत वर्षको अन्तिम समयसम्म पनि आर्थिक मन्दीका कारण विश्वका ठूलाठूला कम्पनीले भारी मात्रामा कर्मचारी निष्कासन अर्थात् कटौती गरे। यसको निकै चर्चासमेत भएको थियो। तर केही समययता कम्पनीले कर्मचारी निष्कासन गरेका थिएनन्। अहिले फेरि एकपटक कर्मचारी निष्कासनमा परेका छन्।

    यो खबर ठूलो सर्च इन्जिन मानिने गुगल इन्जिनसँग जोडिएको छ। कुनै बेला कम्पनीका लागि आवश्यक जनशक्ति भर्ती गर्ने कर्मचारीलाई नै यसपटक गुगलले निष्कासन गर्ने बताएको छ।

    न्युयोर्क सको खबरअनुसार गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट इंकले आफ्ना ग्लोबल रिक्रुटर्सको टिमबाट सयौँ कर्मचारी कटौती गरेको छ। प्रविधि क्षेत्र (टेक सेक्टर) मा अझै पनि कर्मचारी कटौतीको सिलसिला जारी छ। यसपटक गुगल सयौँ निष्कासन गर्ने ठूलो कम्पनी बनेको छ।

    अल्फाबेटले बुधबार मात्रै वैश्विक भर्ती टिमबाट कर्मचारी निष्कासन गर्ने निर्णय गरेको थियो। यद्यपि कम्पनी निम्न पदमा कार्यरत कर्मचारी निष्कासन गर्नुको कारण कर्मचारी कटौतीको हिस्सा नभएको जनाएको छ। साथै, यो कटौती सेक्सनको पूरै टिम प्रभावित नहुने र निष्कासन गरिएका कर्मचारीलाई बाहिर जागिर खोजिदिने कार्यमा कम्पनीले सहयोग गर्ने पनि बताएको छ।

    कम जनशक्तिको आवश्यकता

    समाचारअनुसार गुगलका प्रवक्ता कर्टेने मेन्सिनीले हालसालै गरिएको कर्मचारी कटौतीलाई लिएर मुख खोल्नुभएको छ। उहाँको भनाइमा अहिले कम्पनीलाई कमै मात्र जनशक्तिको आवश्यकता छ। यस्तो स्थितिमा भर्ती टिमको साइज कम गर्ने कठोर निर्णय लिनुपरेको पनि उहाँको भनाइ छ।

    ‘टप इन्जिरियरिङ र टेक्नोलोजी स्किल्समा लगानी गर्ने काम अझै पनि जारी छ,’ प्रवक्त मेन्सिनीले भन्नुभयो, ‘यस्तै समग्रमा कर्मचारी भर्ती गर्ने कामलाई पनि कम गरेका छौँ।’

    जनवरीमा घोषणा भएको थियो

    सन् २०२३ को जनवरी ताका गुगलले कर्मचारी कटौतीलाई लिएर ठूलो घोषणा गर्दै हलचल मच्चाएको थियो। जनवरीमा कम्पनीले १२ हजार कर्मचारी निष्कासन गर्ने उद्घोष गरेको थियो। यो संख्या कम्पनीको कुल जनशक्तिको ६ प्रतिशत हो। तर कम्पनीमै जनशक्ति भर्ती गर्ने कर्मचारी निष्कासन गर्ने घोषणा गरेर गुगलले फेरि एकपटक सबैलाई आश्चर्यमा पारेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.