• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कर्णाली प्रदेशमा आत्महत्या घटना बढ्दै


  •     अभियान हाम्रो/ बुधबार, भदौ २७, २०८०  

  • कर्णाली प्रदेशमा आत्महत्या घटना बढ्दै गएकाे छ ।  पछिल्लो तीन वर्षको अवधिमा ९ सय १ जनाले आत्म हत्या घटना भएकाे तथ्याङ्कले देखाएकाे छ  । २०७७ साउन १ देखि २०८० साउन १ गते सम्मको अवधिमा प्रदेश भरीमा ९ सय १ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । जस मध्य ४ सय ९९ जना  पुरुष , २ सय ९६ जना महिला, ७९ बालिका र ३७ बालक गरी ९ सय १ जनाले आत्महत्या गरेका हुन । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको छ ।

    आर्थिक वर्ष २०७७।७८मा १ सय २१ महिला, १ सय ८२ पुरुष,१५ बालक र २१ बालिका गरी ३ सय ३९ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७८।७९ मा १ सय ६० पुरुष, ९४ महिला,२४ बालिका र ११ बालकले आत्महत्या गरेका कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    गत आर्थिक वर्ष २०७९।८०मा १ सय ५७ पुरुष, ८१ महिला ,२४ बालिका र ११ बालक गरि २ सय ७३ जनाले आत्महत्या गरेका छन । बिष सेवन गरेर,भुण्डिएर,हात हतियार औजारबाट,पानीमा हाम फालेर र आगो लगाएर आत्म हत्या गर्ने गरेको पाइएकाे छ । जसमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । आर्थिक वर्ष २०७७।७८ मा कर्णाली प्रदेशका १० जिल्ला मध्ये  सुर्खेतमा १ सय २१ जना, दैलेखमा,५५ जना,जाजरकोटमा २६ जना,रुकुम पश्चिममा ३१ जना ,सल्यानमा ६८ जना,जुम्लामा १४ जना,हुम्लामा ३ जना ,मुगुमा ५ जना कालिकोटमा १६ जना र डोल्पामा शुन्य रहेका छ ।

    यस्तै गरी आर्थिक वर्ष २०७८।७९ मा सुर्खेतमा १ सय २ जना,दैलेखमा ५६ जना,जाजरकोटमा १७ जना,रुकुम पश्चिममा २६ जना,सल्यानमा ५३ जना,जुम्लामा ७ जना,हुम्लामा २ जना,मुगुमा ८ जना,कालिकोटमा १७ जना र डोल्पामा १ जनाले आत्महत्या गरेका छन । गत आर्थिक वर्ष २०७९।८०मा सुर्खेतमा १ सय ९,दैलेखमा ४४,जाजरकोटमा १९,रुकुम पश्चिममा २८,सल्यानमा ४५,कालिकोटमा १२,जुम्ला ६ र हुम्लामा ६ र मुगुमा ४ जनाले आत्म हत्या गरेका तथ्याङ्क छ ।

    पछिल्लो ३ वर्षको आत्महत्याको अवस्थालाई हेर्दा सबै भन्दा धेरै सुर्खेत जिल्लामा र सबै भन्दा कम डोल्पामा रहेको छ । ,बेरोजगारी,चेतनाको कमीका कारण कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्ने गरेको कर्णाली प्रदेश कार्यालय,सुर्खैतका एसएसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । राज्यले न्युन आय भएका नागरिकको जीवनस्तर उकास्न सके आत्महत्याका घटनामा न्युनिकरण हुने उहाँको भनाइ छ ।

    बढ्दै गरेको आत्महत्याको घटनालाई न्यूनिकरणका लागि सामुदायस्तरमै जनचेतना फैलाउन आवश्यक रहेको र यसका लागि सबैले आफ्नो  ठाँउबाट सहयोग गर्न पर्ने एसएसपी भट्टराईले बताउनुभयो । प्रदेश अस्पताल,सुर्खेतमा कार्यरत मानसिक रोग विशषेज्ञ डाक्टर सुशील समदर्शीले कर्णालीमा अनुवांशिक मनोविज्ञान, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारण आत्महत्या गर्ने गरेकोले त्यसको न्यूनिकरणमा सचेतना फैलाउनुपर्नेमा बताउनुभयो ।

    अन्य रोगहरु जस्तै मानसिक रोगको पनि उपचार हुने कुराको सचेतना फैलाउनमा सरकारी र गैरसरकारी संघ संस्थाले कार्यक्रम गर्न डाक्टर समदर्शीले सुझाव दिनुभयो । पछिल्लो समयको फेरिँदो जीवनशैली, रहनसहन असिमित इच्चा चाहाना र घरेलु हिंसा जबरजस्ती करणी जस्ता घटना नै आत्महत्याको मुख्य कारण रहेको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपालकी मनोविमर्शकर्ता शर्मीला विसीले बताउनुभयो ।

    उहाँका अनुसार ९५ प्रतिशत मानिसहरुको आत्महत्या गर्नुुको कारण मानसिक समस्या नै हो । त्यो सँगै पारिवारिक बेमेल लगायतका कारण मानसिक समस्या मानिसहरु पर्ने गर्दछन् । आत्महत्या न्यूनिकरण गर्नका लागि त्यस्ता समस्या भएका व्यक्तिहरु र मनोविमर्शकर्ता र मनोचिकित्सकबिच जोड्ने कार्यक्रम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    त्यस्तै गरी,कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी कम्यूनिटी नर्सिङ्ग अधिकृत कविता खत्रीले आत्महत्या न्यूनिकरण गर्नका लागि मन्त्रालयले विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएकोे जानकारीदिनु भयो । आत्महत्या न्यूनिकरणमा परिवार, समाज र सरकारको उत्तिकै भूमिका रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.