रामेछापको सुनापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
रामेछापकै दोरम्बा शैलुंग गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारको लागि काठमाडौं पठाइएको सुनापति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिइन्।
बा ३ ख ५९६० नं को सो बस सडक किनारमा पल्टिएको छ । बसमा २५ जना भन्दा बढी यात्री सवार थिए । उपचारको लागि गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य सामान्य बिरामीलाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले बताए ।








