• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुल्मी अदालतको फैसला कार्यान्वयनको अवस्था कमजोर

"जिल्ला अदालत, गुल्मीको फैसला कार्यान्वयनमा अवस्था कमजोर देखिएको छ । जिल्ला अदालतले सार्बजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १० करोड ९६ लाख ७ हजार १ सय ६० रूपियाँ जरिबाना कार्यान्वय गर्न बाँकी "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ २६, २०८०  

  • जिल्ला अदालत, गुल्मीको फैसला कार्यान्वयनमा अवस्था कमजोर देखिएको छ । जिल्ला अदालतले सार्बजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १० करोड ९६ लाख ७ हजार १ सय ६० रूपियाँ जरिबाना कार्यान्वय गर्न बाँकी रहेको छ ।

    जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी तहसिलदार रामबहादुर कुवंरले जन्म स्थान गुल्मी भएका देशभरबाट  कैद तथा जरिबानाको लगत आउने, व्यक्ति फरार र जनशक्ति कम भएका कारण कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो । कुंवरले फैसला कार्यान्वयनको विवरण हरेक निकायमा पुग्ने भएकाले अदालत र प्रहरीले मात्रै नभएर सबै तहको सहयोग आवस्यक रहेको बताउनु भयो ।

    फैसला कार्यान्वयनमा कमजोर भएपनि  मुद्दा फर्छयौटको अवस्था भने राम्रो रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष ०७९ /८० मा जिल्ला अदालतले  लक्ष्यभन्दा १ सय ४ थान बढी मुद्दा फर्छयौट गरेको छ । आर्थिक वर्ष ०७८ /०७९ बाट जिम्मेवारी सरेर आएका १ सय ८९ मुद्दा थिए । गत आर्थिक वर्षमा ४ सय ७२ थान गरेर ७ सय १२ थान मुद्दा मध्ये ५ सय ७६ थान अर्थात ८०.८९ प्रतिशत मुद्दा फर्छयौट भएका छन् । अदालतको योजना अनुसार गत वर्ष फर्छयौट गर्नुपर्ने ४ सय ७२ थान मुद्दा रहेको जिल्ला अदालतका  श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो ।

    जिल्ला अदालतले सार्बजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९ / ०८० मा २८.३९ प्रतिशत कैद र २.४१ प्रतिशत जरिबाना फर्छयौट गरेको छ । आर्थिक वर्ष ०७८ /०७९ मा ४ सय ९६ बर्ष ६ महिना १ दिन कैद जिम्मेवारी सरेर आएको थियो ।

    आर्थिक बर्ष ०७९ /०८० मा दर्ता भएको ३ सय २१ वर्ष २ महिना १५ दिन गरेर ८ सय १७ वर्ष ८ महिना १६ दिनको जम्मा लगत मध्ये २ सय ३२ वर्ष ६ महिना २१ दिन कैद फर्छयौट भएको छ । अदालतले अहिलेसम्म ५ सय ८५ वर्ष १ महिना २५ दिन कैद फर्छयौट गर्न बाँकी रहेको फैसला कार्यान्वयन अधिकारी कुवंरले जानकारी दिनुभयो । त्यस्तै जरिबाना तर्फ आर्थिक बर्ष ०७८ /०७९ मा जिम्मेवारी सरी आएको ८ करोड ४७ लाख ६५ हजार ६ सय २७ र नयाँ दर्ता २ करोड ७५ लाख ५८ हजार ६ सय ४ सहित कूल ११ करोड २३ लाख २४ हजार २ सय ३२ मध्ये २७ लाख १७ हजार ७१ रूपियाँ मात्रै फर्छयौट गरेको छ ।

    जिल्ला अदालत गुल्मीमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध बिच्छेदका दर्ता हुने गरेका छन् । आर्थिक वर्ष ०७९/८० मा सम्बन्ध बिच्छेदका ३ सय ८२ थान मुद्दा दर्ता भएका थिए । जसमा २ सय २८ थान मुद्दा फर्छयौट भएका छन् । त्यस्तै बलात्कार सम्बन्धी ३५ थान मुद्दामा २७ थान फर्छयौट भएर सात थान बाँकी रहेको अदालतले जनाएको छ । मृत्युको न्यायीक घोषणाका ८२ थान मुद्दा दर्ता भएकोमा ६३ थान फर्छयौट भएका छन् ।

    जिल्ला न्यायाधीश बसन्तराज पौडेलले आम नागरिकलाई अदालत प्रतिको बिश्वास कायम राख्न सेवा प्रवाह छिटोछरितो बनाउने र कानुनी सचेतना जगाउने बिषयमा अदालत अगाडि बढेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.