• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक सातादेखि कार्यालयमा कर्मचारीविहिन, सेवाग्राहीले पाएनन् नागरिकता


  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ २६, २०८०  

  • सिंजा गाउँपालिका – ३ नराकोटस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता नपाएको सेवाग्राहीले गुनासो गरेका छन् । सिंजा क्षेत्रका तीन ओटा गाउँपालिका हिमा, सिंजा र कनकासुन्दरीका नागरिकले इलाका प्रशासन नराकोटबाट नागरिकता वितरण हुर्दै आएको थियो ।

    कामु शाखा अधिकृत नायव सुव्बा सुरत गिरीको सरुवा भएपछि इलाका प्रशासन कार्यालय नराकोट शाखा अधिकृत विहीन भएको हो । इलाका प्रशासन कार्यालयमा कर्मचारीविहीन भएपछि एक सातादेखि सेवाग्राहीले नागरिकता पाउन सकेका छैनन् ।

    स्थानीय दलविर रोकायाका अनुसार वर्षा यामको समयमा भौगोलिक बिकटता र कठिनाइका साथ सेवा लिन आएका सेवाग्राही सेवा पाउने गरेका छैनन् । उहाँले भन्नुभयो ‘कर्मचारीविहीन इलाका प्रशासनबाट सेवाग्राहीले नागरिकता पाउने गरेका छैनन् । एक सात देखि सेवाग्राही इलाका प्रशासनमा आएर सेवा नपाएरै फर्किेन गरेका छन् । ’

    कर्मचारी नभएरै सिंजा गाउँपालिका–३ नराकोटस्थित इलाका प्रशासन कार्यालयबाट सेवाग्राहीले नागरिकता नपाउनु दुखद् पक्ष हो । यस विषयमा आयोगको ध्यानाकर्षण भएको राष्ट्यि मानवअधिकार आयोग शाखा कार्यालय जुम्लाका प्रमुख धनराज शाहीले बताउनु भयो । उहाँले भन्नुभयो ‘सिंजा क्षेत्रका तीन गाउँपालिकाका नागरिकले इलाका प्रशासन नराकोटबाट नागरिकता प्राप्त गर्दै आएका थिए । एक सातादेखि इलाका प्रशासनबाट नागरिकता वितरण नभएको र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न जानकारी प्राप्त भएका छ । ’

    तत्काल इलाका प्रशासनमा कर्मचारीको व्यवस्थापन गरी नागरिकता वितरण गर्न वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालयलाई पत्रचार गरी ध्यानाकर्षण गरिएको प्रमुख शाहीले बताउनु भयो । १० दिन अघि इलाका प्रशासनमा रहेका कामु शाखा अधिकृत नायव सुव्बा सुरत गिरीको सरुवा भयो । ६ महिनाका लागि इलाकामा खटाएको थियो । अहिले उहाँको सरुवा भएपछि इलाका प्रशासनमा कर्मचारी शाखा अधिकृतविहीन भएको हो । इलाका प्रशासनमा कर्मचारीविहिन भएपछि अहिले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता वितरणको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयाे।

    यस विषयमा गृहमन्त्रालयमा पनि पत्रचार गरिएको छ । इलाका प्रशासनमा कर्मचारी सरुवा भएर नआउन्जेलसम्म समस्या हुने देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । इलाका प्रशासन कार्यालय नरोकाटबाट सेवा लिने सिंजा क्षेत्रको जनसङ्ख्या हिमा गाउँपालिकामा १२ हजार १ सय ९१ जना, कनकासुन्दरीमा १३ हजार ६सय २५ जना र सिंजा गाउँपालिकामा १२ हजार ५सय ५६ जना रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.