• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशन असोज २२ र २३ गते संघको केन्द्रीय सभाहल पोखरामा हुने

"तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१ औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशन आगामी असोज २२ र २३ गते संघको केन्द्रीय सभाहल पोखरामा हुने "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ २६, २०८०  

  • तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१ औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशन आगामी असोज २२ र २३ गते संघको केन्द्रीय सभाहल पोखरामा हुने भएको छ । भदौ २५ गते सोमवार पोखरामा बसेको केन्द्रीय समिति लगायत प्रदेश, जिल्ला, महिला र केन्द्रीय भातृ संगठनहरुको संयुक्त बैठकद्वारा उक्त महाधिवेशन बारे निर्णय गरिएको हो ।

    तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सर्वोच्च अंग मानिने उक्त महाधिवेशनमा को कसले भाग लिन पाउँछन् त भन्ने जिज्ञासामा केन्द्रीय संस्थापकहरु, केन्द्रीय परम संरक्षकहरु, संरक्षक सदस्यहरु, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरू, सदस्यता अद्यावधिक गरेका शाखासँग आवद्ध प्रदेश समितिबाट ५ जना प्रतिनिधि जसमध्ये (१ जना महिला अनिवार्य) यसैगरी प्रत्येक जिल्ला, प्रवास शाखा र केन्द्रीय भातृ संगठनहरुबाट ३/३ जना प्रतिनिधि (१ जना महिला अनिवार्य) र १/१ जना पर्यवेक्षक सहभागी बन्न पाउने कुरा केन्द्रीय महासचिव हर्क बहादुर योज तमुले जानकारी गराएको छ ।

    यसैगरी सल्लाहकार सदस्यहरु, पूर्व पदाधिकारीहरु, तमु जातिको उत्थानका लागि विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरु मध्येबाट केन्द्रीय समितिले महाधिवेशनको प्रतिनिधि संख्याको १०% प्रतिशत प्रतिनिधिमा मनोनीत गर्न पाउने प्रावधान रहेको पनि बताए । यसको साथै विधान अनुसार संघबाट निलम्बित वा निष्कासित व्यक्ति वा सदस्यले महाधिवेशनमा सहभागी हुन नपाउने कुरा जानकारी गराए ।

    यसरी असोज २२ र २३ गते पोखरामा हुने तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशनलाई भब्य र सभ्य रुपमा सफल पार्न केन्द्रीय समितिले जिम्मेवारी बाँडफाँड पनि गरिएको छ जसानुसार निर्वाचन मण्डलको संयोजकमा अधिवक्ता कर्ण बहादुर गुरुङ, खाना व्यवस्थापनमा केन्द्रीय कोषाध्यक्ष ओम बहादुर थिम्जे तमु, मञ्च व्यवस्थापनमा केन्द्रीय महिला समिति, साँस्कृतिक कार्यक्रममा स्वागत नृत्य केन्द्रीय युवा समिति र अन्य नृत्य प्रस्तुतिका लागि कास्की जिल्ला समिति र जिल्ला महिला समिति कास्की रहेका छन् । यसको अलावा थप मनोरञ्जनका लागि अहिलेको लोकप्रिय दोहोरी जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको विशेष प्रस्तुति रहने कुरा महासचिव हर्क योज तमुले बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.