• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भूमि अधिकार मञ्च कास्कीको अध्यक्षमा पुनः प्रेम गुरुङ


  •    संवाददाता/ सोमबार, भदौ २५, २०८०  

  • पोखरामा  आइबार सम्पन्न राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल कास्की जिल्ला मञ्चको पाँचौ अधिवेशनले पुनः प्रेम बहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

    मञ्चको उपाध्यक्षमा बुद्धि पुन, सचिवमा कुमारी गुरुङ, सहसचिवमा विष्णु भट्टराई, कोषाध्यक्षमा लेखमाया थापा र सदस्यहरुमा गोमा तामाङ पराजुली, वेलमाया गुरुङ, शान्ति गुरुङ, हरिकुमारी गुरुङ, मुना श्रीस, याता माया तामाङ, लोक बहादुर पुन, मानबहादुर गुरुङ, मिन बहादुर विक, डिलबहादुर तामाङ, त्रिवेणी प्रसाद, गोविन्द नेपाली र लोक बहादुर सेन सर्वसम्मत चयन भएका छन् ।

    कार्यक्रमको गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले उद्घाटन गर्दै भूमि व्यवस्था मन्त्रालय भए तापनि प्रदेश मन्त्रालयमा भूमिको काम गर्न पाउने गरी कानुनी व्यवस्था नभएको वताए । साथै उनले भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसाेवासीहरुको समस्यालाई नजिकबाट हेरिरहको वताउँदै समाधानको लागि प्रदेश सरकारले जहजीकरण गर्ने वताए ।

    सोही अवसरमा पाेखरामा क्रियाशील पत्रकारहरु अनुपप्रकाश पौडेल, कृष्ण रानाभाट र मधु अधिकारी तथा कास्की जिल्ला मञ्चका गतिविधिहरुमा सक्रियतापूर्वक सहभागी भई विभिन्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । त्यसैगरी कास्की जिल्ला भित्र रहेका २० वटा टोल मञ्च र तथा पोखरा–९ का कृष्णटोल आमा समुह, शिव टोलविकास संस्था, पार्वती टोलविकास संस्था र शुभकामना टोलविकास संस्थाहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

    सो अवसरमा राष्ट्रिय भूमिअधिकार मञ्चका संरक्षक ल्यामबहादुर दर्जी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेज नारायण अधिकारी, राष्ट्रिय भूमिअधिकार मञ्च नेपालका केन्द्रिय कोषाध्यक्ष सुनिता विश्वकर्मा, केन्द्रिय सदस्य तथा राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय सचिव लक्ष्मी प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र कास्कीका प्रतिनिधि अर्जुन मल्ल, मञ्चका गण्डकी प्रदेश सचिव निर्मल नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कास्की मञ्चकी सचिव कुमारी गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन बहादुर श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । जिल्ला मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामबहादुर लामिछानेले र संचालन सचिव कुमारी गुरुङले गरेकी थिइन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.