अजय क्षेत्री
नेपाली महिला हरुको महानपर्व हरितालिका तिजको अवसरमा अर्जुनचौपारी गाउंपालिका पोखरा सम्पर्क समाज एबं अर्जुनचैपारी पोखरा बचत तथा ऋण सहकारी तथा अर्जुनचौपारी गाउंपालिका भित्रका ५ वटा वडागत संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रम सम्पन्न भएको छ ।
कार्यकमको अध्यक्षता सम्पर्क समाजका अध्यछ्य जमुना काफ्ले चापागाइं ,,प्रमुख अतिथी जेष्ठ नागरिक बसन्धरी सापकोटा र बिशिस्ट अतिथी महेन्द्रमान ब्यथितको रहेको उक्त कार्यक्रम मा तिज नृत्य प्रतियोगिताले रौनकता छाएको थियो !!उक्त प्रतियोगिता मा ६ वटा समूह बाट १/१ जना उत्कृष्ट र खुल्ला समुहबाट २ जना उत्कृष्ट छनौट गरि अन्तिम ८ जना लाई एकैसमुह बाट प्रथम, द्वितिय तृतिय साथै एकजना लाई सान्त्वना छनौट गरि पुरस्कार बाट सम्मानित गरिएको थियो हरेक क्षेत्रमा अब्बल बनाएर क्षमता को बिकाश गर्दै अगाडि बडने पनि अध्यक्ष काफ्लेले बताउनुभयो कार्यक्रम महेन्द्र मान बेथित ज्यूले आर र बिआर को बिषयमा प्रिषक्षण दिनुभएको थियो।
उक्त कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष लक्ष्मि अधिकारी ले गर्नुभएको थियो ।कार्यक्रम को धन्यवाद ज्ञापन गोविन्द काफ्ले ले दिनुभएको थियो भने उक्त कार्यक्रम समाजका सचिव तथा सहकारीका लेखा सदस्य गोविन्द सापकोटा ले सञ्चालन गर्नुभएको थियो ।








