• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

श्री सरस्वती जनता माध्यमिक विद्यालयको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित

"सोनमा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा भएको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ २२, २०८०  

  • सोनमा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा भएको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका छन् ।

    गाउँपालिकाले माध्मिक तहका गणित, निम्न माध्मिक तह अङ्ग्रेजी र समाजिक विषय अध्यापन गराउँदै आउनु भएका शिक्षकहरू ४२ वर्षीय शत्रुधन प्रसाद यादव, ५२ वर्षीय तेज नारायण मण्डल र ३७ वर्षीय सिकेन्द्र श्रेष्ठलाई सरुवा गर्न खोजेको विरोधमा २०८० भदौ १९ गते विद्यार्थीहरू पालिकामा चर्को विरोध प्रदर्शन तथा आन्दोलन गरेका थिए । “शिक्षक सरुवा हुनु भएन, राम्रो पढाइ दे, खानेपानीको व्यवस्था गर, शौचालयको सरसफाई गर” लगायत विभिन्न विषयलाई लिएर नाराबाजी गर्दै विद्यार्थीहरूले चर्को प्रदर्शन गरेका थिए ।

    WhatsApp Image 2023-09-07 at 5.42.23 PM

    कक्षा आठमा अध्ययनरत विद्यार्थी १६ वर्षीय अहमद राजाका अनुसार, “हामी शान्तिपूर्ण आन्दोलन गर्न आएका थियौ तर पालिकामा गाउँपालिकाका अध्यक्षको आदेशमा कक्षा आठमा अध्ययनरत एक १५ वर्षीय विद्यार्थी अफजल शेखलाई ताल्चाले टाउको फुटाइ दिए पश्चात आन्दोलन चर्किएको हो” । आन्दोलनको क्रममा विद्यार्थीहरूले गाउँपालिकाको भवन, गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी, खैरबन्नी सशस्त्र प्रहरीको गाडीमाथी ढुङ्गा मुढा तथा तोडफोड गर्नुैका साथै दुई ओटा मोटरसाइकलमा समेत आगजनी गरेका थिए ।

    सोही क्रममा दुई जना प्रहरी जवान र पाँच जना विद्यार्थी घाइते भएका थिए । घाइते हुनेहरूमा सशस्त्र प्रहरी जवान २५ वर्षीय प्रकाश, नेपाल प्रहरी जवान ३१ वर्षीय फुलगेन मण्डल र विद्यार्थीहरू १३ वर्षीया सन्ध्या यादव, १५ वर्षीया खुश्बू सिंह, १५ वर्षीया कल्पना यादव, १३ वर्षीय अंकुश यादव र १४ वर्षीय गणेश यादव रहेका थिए । घाइतेहरूलाई उपचारका लागि जानकी एकेडेमी पर्सा रामगोपालपुरमा लगिएकोमा पाँच जना विद्यार्थी मध्ये चार जना भदौ २२ गते डिस्चार्ज भएका छन् र एकजना विधार्थी सन्ध्या यादवलाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरिएको छ ।

    WhatsApp Image 2023-09-07 at 1.56.47 PM

    यस समबन्धमा पालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले अहिले शिक्षक सरुवा नगरेको बताए । उनले भने, “हामीले चर्चा मात्र चलाएका थियौं । विद्यार्थीहरू शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आएका थिए । तर, यो आन्दोलनमा हाम्रा केही विपक्षीहरूको घुसपेठले शान्तिपूर्ण सुरु भएको आन्दोलनले उग्र रुप लियो” । घुसपेठ गर्ने जोकोही भएपनि उनीहरूमाथि हामी कानुन बमोजिम कारबाही तथा मुद्दा चलाउने अध्यक्षले बताए ।

    आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेका थिए र साथै केही आन्दोलकारीलाई गिरफ्तार समेत गरेका छन् । गिरफ्तार हुनेहरूमा सोनमा गाउँपालिका–२ का ४० वर्षीय लालिन्द्र यादब, २१ वर्षीय उपेन्द्र कुमार शाह, १९ वर्षीय नैजामुदिन अन्सारी, सोनमा गाउँपालिका–१ का २० वर्षीय महेशकुमार यादव, २५ वर्षीय रामकेवल यादब रहेका छन् र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपि प्रकाश मल्लले जानकारी दिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.