• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

द्वन्द्वपीडितको सुझाव लिएर विधेयक पारित गर्छुः प्रधानमन्त्री

"प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले द्वन्द्वपीडितको समेत सुझाव लिएर बेपत्ता पारिएका व्यक्तिको छानबिन, "

  •     अभियान हाम्रो/ सोमबार, भदौ १८, २०८०  

  • प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले द्वन्द्वपीडितको समेत सुझाव लिएर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गर्ने बताउनुभएको छ । नेपालमा सङ्क्रमणकालीन न्याय प्रक्रियाको सन्दर्भमा सजायको व्यवस्थासम्बन्धी ०८० भदौ १८ गते काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

    Photo_080-5-18_Kathmandu1

    दाहालले द्वन्द्वपीडितहरूलाई क्षतिपुर्ति प्रदान गर्न र गम्भीर मानव अधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याउनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । सेना समायोजन र हतियार व्यवस्थापन प्रक्रियालाई टुङ्गोमा पुर्‍याएपनि द्वन्दपीडितलाई न्याय दिन नसकेको बताउँदै प्रधानमन्त्री दाहालले नेपालको सर्वोच्च अदालतको निर्देशनलाई पालना गर्दै द्वन्द्वपीडित, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदाय समेत सहमत हुने गरी शान्ति प्रक्रियाका बाँकी रहेका कामहरूलाई पनि छिटो टुङ्गोमा पुर्‍याउने उल्लेख गर्नुभयो ।

    Photo_080-5-18_Kathmandu3

    सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदीय समितिमा विचाराधीन रहेको जनाउँदै गर्दै दाहालले सरोकारवालाहरूले उठाएका विषयहरूलाई समेटेर संसदीय समितिले विधेयक पास गर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा शान्तिपूर्ण मुलुक भनेर चिनिएको देश आज द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको उल्लेख गर्नुभयो ।

    Photo_080-5-18_Kathmandu2

    सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने नाममा अन्याय सहिदेउ भनेर पीडितलाई भन्ने अधिकार कसैलाई नभएको भन्दै श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भयो । द्वन्द्वपीडितलाई न्याय दिलाउन ढिलाई गर्न नहुने बताउँदै उहाँले राष्ट्रिय सहमतिबाटै सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउनु पर्नेमा जोड दिनुभयो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.