“आजको आवश्यकता प्रवासी पर्वतेहरुको एकता, भूमिमा हाम्रो एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय क्षेत्रीय संस्था पर्वत समाज दक्षिण कोरियाको चौथो अधिवेशन यही सेप्टेम्बर १० मा सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा हुने भएको छ । तेश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष नविन प्रसाद पराजुलीले जानकारी दिए ।
पर्वत जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका पर्वतेहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सन् २००८ मा स्थापित नेपाल पर्वत समाजले बिहान ११:३० बजेदेखि शुरु हुने गरि अधिवेशनको तयारीमा जुटेको संस्थाका सचिव जीवन पौडेलले स्पष्ट पारे । उक्त चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु तथा कोरियास्थित विभिन्न संघसंस्था लगायत सम्पूर्णलाई आयोजक पर्वत समाज दक्षिण कोरियाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल
मिति : २०२३ सेप्टेम्बर १०, आइतबार
समय : दिनको ठिक ११:३० बजे
स्थान : नेपाल थाई रेष्टुरेन्टको सभाहल, सउल दोङ्देमुन








