• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा स्थानीय बासिन्दाको जनजीवन प्रभावित

"अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा उत्तरी धादिङमा रहेका स्थानीय बासिन्दाको जनजीवन प्रभावित "

  •    अभियान हाम्रो/ बिहिबार, भदौ १४, २०८०  

  • अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा उत्तरी धादिङमा रहेका स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण नदी तथा खोला र नालामा पानीको बहाव बढेपछि सडक बाटो कटान गर्नुका साथै धनजनको क्षति पुर्‍याएको हो ।उत्तरी धादिङको तिप्लिङसम्म सदरमुकाम धादिङबेसीले जोड्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा मानिस डिँड्ने बाटो समेत बन्द भएको छ । पहिरोले बाटो बन्द भएका कारण रुबिभ्याली गाउँपालिका र झार्लाङसँग यातायात सम्पर्क विच्छेद भएको छ ।

    खनियाबास गाउँपालिका-१ को पेर्चो र लिस्ने खोलाको बीचमा पर्ने जुगाडाँडा, पेर्चोमा पहिरो गएपछि यातायातमात्र होइन मानिससमेत हिँड्न नसकिने गरी आवतजावत बन्द भएको रुबीभ्याली गाउँपालिकाका स्थानीय समिर गुरुङले बताउनु भयो ।अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो । फेरि सोही स्थानमा खसेको पहिरोले स्थानीय बासीको खेतसमेत पुरेको छ । आवतजावत बन्द हुँदा लापा, सेर्तुङ, तिप्लिङ लगायतका स्थानका मानिससदरमुकाम आउन नसक्ने अवस्थामा पुगेका छन् ।

    पहिलो पटकको पहिरोले भासिएको जमिन पुनः पहिरो जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको पोलहरू लडेका छन् । आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथि रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताउनु भयो ।

    पानी नपरेको बेला रुबिभ्यालीतर्फ आउजाउ गर्नेहरू जोखिममा परेका छन् । भारी बोकेर हिँड्नेहरूले भने प्लेङयर्तोङको बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ । खनियाबास गाउँपालिकाको धार्नामा पहिरो गएपछि मानिसको आवतजावत समेत बन्द भएको छ । नदी किनरबाट माथि गाउँसम्म पहिरो गएपछि कच्ची सडक बगेको छ ।

    वर्षा लागेपछि पहिरो जाने र सडक बन्द हुने हुँदा उत्तरका बासिन्दालाई उक्त सेवा लिन कठिन भएको रुबीभ्यालीका स्वास्थ्य शाखा प्रमुख राज तामाङले बताउनु भयो । मानिससमेत हिँड्न नसकिने ठाउँ भएकोले बिरामी बोकेर लान नसकिने अवस्था रहेको छ । सक्नेले हेलिकप्टर चार्टर गरेर लान्छन् तर गरिबहरू घरमै बसेर मर्ने अवस्था आएपनि सङ्घीय, प्रदेश र स्थानीय सरकारले सडकको भरपर्दो काम बर्षौँदेखि नगर्दा जनताले दुख पाएका हुन् ।

    धादिङबेसी तिप्लिङ सडक २०४३ देखि बनाउन थालिएपनि हालसम्म पिच भएको छैन । अरबौँ रुपियाँ खर्च गरिएपनि हरेक वर्ष ठेकेदार कम्पनीले काम नसकेर म्याद थप्ने र काम अपुरोहुँदै वर्षले बगाउने गरेपछि सडक पुरा नभएको हो ।पुल हाल्नै पर्ने आँखु, दार्खाफेदी, लिस्ने लगायतका खोलामा पुल हाल्ने पहल भएको छैन । सडकमा राजनीतिक भाषण मात्र भएको र सडक कहिल्यै नबनाइएको स्थानीय बासीले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.