• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अविरल वर्षाका कारण २५ घरहरू जोखिम भने केही घरमा क्षति

"तिनपाटन गाउँपालिका-१ का २५ घर बाढीपहिरोको उच्च जोखिममा परेका छन् भने केही घरमा क्षति पुगेको छ । अविरल वर्षाका कारण घर माथिबाट पहिरो खस्दा घरहरू जोखिममा "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ १२, २०८०  

  • तिनपाटन गाउँपालिका-१ का २५ घर बाढीपहिरोको उच्च जोखिममा परेका छन् भने केही घरमा क्षति पुगेको छ । अविरल वर्षाका कारण घर माथिबाट पहिरो खस्दा घरहरू जोखिममा परेका हुन् ।

    पहिरोका कारण मानवीय क्षती हालसम्म नभएको तर चौपायाको क्षति भएको तिनपाटन गाउँपालिका-१ का वडा अध्यक्ष गोबिन्द राउतले जानकारी दिनुभयो । पहिरोका कारण नक्कले, निवुवाटार, झुँगा, सानोझुँगा, सिक्रे, जातेमा २५ घर पहिरोको जोखिममा परेको र सात घर बस्न नमिल्ने भएको उहाँले बताउनु भयो । पहिरोले गोठ पुर्दा स्थानीय टेक बहादुर रानाको एउटा भैँसी र एउटा सुङ्गुर मरेको छ । पहिरोका कारण उहाँको ३ लाख भन्दा बढीको क्षति भएको छ ।

    Photo_080-5-12_Sindhuli3

    घरमाथि पहिरो खस्दा नक्कलेका शुरेस बुर्जा, निउवुवाटारका वीरबहादुर बसेल, भुँगाका रुद्रबहादुर राउत, सिक्रेका कृष्णबहादुर रखाल, जाँतेका उष्ण बहादुर डिमडोङ, दानबहादुर सुनुवारको घर बस्न नमिल्ने गरी पहिरोले क्षति पुर्‍याएको वडा अध्यक्ष राउतले जानकारी दिनुभयो ।

    Photo_080-5-12_Sindhuli1

    वडामा २५ घर पहिरोको जोखिममा रहेको र उनिहरूलाई सुरक्षित स्थानमा राख्नको लागि समन्वय भई रहेको उहाँले बताउनु भयो । एउटा घर पहिरोले क्षति पुर्‍याएर अर्को घर हुनेहरूलाई उक्त घरमा राखिएको र अरुलाई हाल छिमेकीकोमा राखिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिका, जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीसँग पनि समन्वय भई रहेको उहाँको भनाई रहेको छ ।

    यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको र ग्रामिण क्षेत्रमा भएको अन्य क्षतिको विवरण आई नसकेको उहाँले जानकारी दिनुभयो । स्थानीय बासिन्दा जनप्रतिनिधिहरूले जोखिममा परेकाहरूको स्थलगत अनुगमन गरी उनिहरूलाई सुरक्षित स्थानमा राख्ने पहल भई रहेको उहाँले बताउनु भयो । वर्षातको क्रम अझै पनि भई रहेकाले सुरक्षित स्थानमा बस्न स्थानीय बासिन्दालाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

    गाउँपालिकाका प्रवक्ता लाल बहादुर स्याङ्तानले क्षतिको सबै विवरण आई नसकेको जानकारी दिनुभयो । पहिरोबाट प्रभावित भएकाहरूलाई आवश्यक सहयोग हुने र घर तथा पशु चौपाया क्षतिको हकमा प्रहरीको मुचुल्का र वडाको सिफारिसका आधारमा गाउँपालिकाले क्षतिपुर्ति उपलब्ध गराउने बताउनु भयो ।

    Photo_080-5-12_Sindhuli

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.