• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धानखेती नष्ट भएको स्थानीय कृषकहरुको आरोप

"चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण पुनर्वासन नगरपालिका क्षेत्रमा सयौँ विगाह जमिनमा लगाएको धानखेती नष्ट "

  •     अभियान हाम्रो/ सोमबार, भदौ ११, २०८०  

  • चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण पुनर्वासन नगरपालिका क्षेत्रमा सयौँ विगाह जमिनमा लगाएको धानखेती नष्ट भएको छ ।

    पुनर्वास नगरपालिकाको–२ दशरथबस्तीमा रहेको भागेश्वर सुगरमिल एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिको लापरबाहिका कारण झण्डै २ सय विगाह जमिनमा लगाएको धानखेती नष्ट भएको स्थानीय कृषकहरुको आरोप छ । उद्योगको लापरबाहीका कारण पुनर्वास नगरपालिका वडा नम्बर २, ५, ६ र ७ क्षेत्रका स्थानीय कृषकहरुले सिमरीखोला नजिक खेतमा लगाएको धानखेती नष्ट भएको र सबैभन्दा बढि ५ नम्बर वडामा क्षति भएको  स्थानीय कृष्ण चौधरीले बताउनु भयो । सुगरमिलबाट निस्कने केमिकलयुक्त फोहर पानी नालामा गाइदिएको र नालामा आएको बाढी खेतमा पसेपछि धानबाली नष्ट भएको स्थानीय सीमन्ती चोधरीको आरोप छ ।

    धानखेतीकै भरमा घरखर्च र दैनिकी चल्दै आएको भए पनि सुगरमिलले केमिकलयुक्त फोहर पानीको व्यवस्थापन नगरी दिदा आफूहरुको दैनिक लगाउन नै मुस्कील भएको उहाँले गुनासो गर्नु भयो । पुनर्वास नगरपालिका–५ सिमरीका स्थानीय कृषक  राजु चौधरीले चिनिमिलले केमिकलयुक्त फोहोरो पानी नालामा बगाईदिएपछि धानखेती नष्ट भएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘चिनिमिल उद्योगबाट निस्किने फोहोर पानीले धानबाली नष्ट भएको छ । उद्योगबाट निष्कने फोहरका कारण मानिसलाई छालासम्बन्धी बिभिन्न रोगहरु पनि लागिरहेको छ ।’ स्थानीय रामेश्वर रानाले उद्योगको चरम लापरबाहीले धानखेती सहित अन्य अन्नबाली समेत सखाप भइरहेको बताउनु भयो ।

    चिनीमिल उद्योगबाट निस्किएको फोहोर तथा केमिकलयुक्त पानीको व्यवस्थापन नगरी खुला रुपमा नालीमा बगाइएको छ । यसले अन्नबालीदेखि माटोको उर्बराशक्तिमा ह्रास ल्याइरहेको उहाँले बताउनु भाये । स्थानीय सावित्री चौधरीले उद्योगले फोहोर पानी बेलाबेलामा बगाउँदा धानखेती नष्ट भएको र यससम्बन्धमा स्थानीय सरकारलाई जानकारी गराउँदा समेत समस्या समाधानका लागि पहल नभएको दुखेसो पोख्नु भयो । कृषि ज्ञान केन्द्र, कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झण्डै ५० / ६० जना कृषक ले २ सय विगाह भन्दा बढि जमिनमा लगाएको धानखेती नष्ट भएको बताउनु भयो ।

    केमिकलयुक्त पानी खेतवारीमा  बगाएकै कारण धान खेती नष्ट भएको कृषक ले गुनासो गरेका कारण कृषि कार्यालयबाट स्थलगत अनुगमन गर्दै ०८० साउन २१ मा प्राविधिक टोलीले अध्ययनका लागि धान र माटोको नमूना ल्याएर परीक्षणका लागि ल्याबमा पठाएका निमित्त प्रमुख जोशीले  बताउनु भयो । भागेश्वर सुगरमिल एण्ड केमिकल्स ईन्डष्ट्रिज प्रालिका मेकानिकल ईन्जिनियर पदमराज पाण्डेले उद्योगले केमिकलयुक्त फोहोर पानीका कारण धानबाली नष्ट नभइ सीमरी खोलामा पुल निर्माण कार्यले लामो समयदेखि थुनिएको फोहर पानीले कृषकहरुको धानबाली नष्ट भएको हुनेसक्ने बताउनु भयो ।

    उद्योगबाट निस्किएको फोहोर पानी व्यवस्थापन गर्ने गरिएको र हाल उद्योग बन्द अवस्थामा रहेकोले उद्योगका कारण कृषकहरुको धानबाली नष्ट नभएको उहाँले बताउनु भयो । पुनर्वास नगरपालिका ७ का वडाध्यक्ष मुलचन्द्र रानाले उद्योगकै लापरबाहीले कृषकहरु मारमा परेको बताउनु भायो । उद्योगको फोहोर पानी नालामा नबगाउन सुगुरमिल व्यवस्थापनलाई आग्रह गरिएको भए पनि त्यसको कार्यान्वयन नभएकोले कानुनी प्रक्रियाबाट अगाडि बढने तयारीमा रहेको वडाध्यक्ष रानाको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.