• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा रंगशालामा वमन्स स्पाेर्टस् इभेन्ट २०८० खेलकुद आयोजना हुने

"The Women`s Club of Pokhara ले स्वास्थ्य तथा सुन्दरताका लागि खेलकुद भन्ने मुल नाराका साथ यहि भदौ १६ गते पोखरा रंगशालामा "Women`s Sports Events 2080" भन्ने खेलकुद कार्यक्रमको आयोजना "

  •     अभियान हाम्रो/ आइतबार, भदौ १०, २०८०  

  • द वमन्स क्लब अफ पाेखराले स्वास्थ्य तथा सुन्दरताका लागि खेलकुद भन्ने मुल नाराका साथ यहि भदौ १६ गते पोखरा रंगशालामा “Women`s Sports Events 2080” भन्ने खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    महिला सशक्तीकरण समाज र देशकै विकासका लागि अपरिहार्य भन्ने अवधारणाका साथ गठन गरिएको द ओमेन्स क्लब अफ पोखराले ३५/४० वर्ष माथिका महिलाहरुलाई तिनको शारीरिक र मानसिक स्वास्थ्य प्रति लक्षित गर्दै उक्त खेलकुद कार्यक्रमको आयोजना  गर्न लागिएको कुरा आज आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रम संयोजक सारिका गुरुङले बताएको हो ।
    एउटी घरकी महिला आफ्नो परिवारको मेरुदण्ड हो । उ आफू स्वस्थ रहेमा परिवारलाई स्वस्थ र सुखी राख्न सक्दछ यही दृढताका साथ उक्त खेलकुद कार्यक्रममा सहभागी भइ कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सम्पन्न गराउन आर्थिक, नैतिक र भौतिक रुपले सहयोग गर्न सबैमा अनुरोध गरिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यसको साथै समाज र राष्ट्रको विकासमा महिलाको महत्व र अधिकार बारे विभिन्न सामाजिक क्रियाकलापहरु गरेर समाज समुदायलाई जागरुक बनाउने, समाज समुदायमा मानसिक र स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, वातावरण संरक्षण सम्बन्धी कार्यक्रम तथा अभियान सुरु गर्ने, अनाथ तथा अशक्त बालबालिकाहरुको अधिकार संरक्षण गर्ने बारे कार्यक्रम ल्याउने र महिला उत्थानका लागि सीपमूलक कार्यक्रमहरु ल्याउने आदि द ओमेन्स क्लब अफ पोखराको लक्ष्य र उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख गरेको पाइन्छ ।

    यो कार्यक्रममा कुन कुन खेल खेलाइदैंछ र विशेषगरी यो कुन प्रतियोगिता हो भन्ने पत्रकारहरुको प्रश्नमा घरको चुलो चौका र करेसाबारीमा सिमित महिलाहरूलाई ग्राउन्डमा उतार्न यो पहिलो प्रयास भएकोले हाललाई उमेर अनुसार ह्यान्ड बल, बेलुन रेस, रस्साकस्सीलाई प्राथमिकतामा राखिएको बताउँछन् कार्यक्रम संयोजक एवं द ओमेन्स क्लब अफ पोखराका अध्यक्ष सारिका गुरुङ ।

    यसरी आयोजना गर्न लागेको कार्यक्रममा लगभग ३ लाख रुपैयाँ खर्च हुने अनुमानित बजेट तय गरेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.