• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ब्रह्मपुत्र नदीसँग जोडिएको त्रिदेशीय सम्बन्ध र दक्षिण एसियाको सुरक्षा


  •    संवाददाता/ आइतबार, भदौ १०, २०८०  

  • ब्रह्मपुत्र नदी चीन,भारत र बंगलादेश हुँदै समुन्द्रमा समाहित भएको छ। चिनियाँ भूमिबाट उद्गम भई भारत, बंगलादेशको त्रिदेशीय भूमि छिचोलेको यसको यात्रामा धेरै सहायक नदीहरू जोडिएका छन्। विभिन्न क्षेत्रमा यसलाई विभिन्न नामद्वारा बोलाइन्छ। जस्तै चीनमा यार्लुंग त्सांगपो, भारतमा ब्रह्मपुत्र, बंगलादेशमा जमुना आदि। पछिल्लो समय यो नदी भारतीय उपमहाद्वीपमा ठूलो भूराजनीतिक विवादको केन्द्र बन्दै गएको छ।

    माथिल्लो रिपेरियन देशका रूपमा रहेको, चीनले यार्लुङ त्सांगपोको तल्लो भागमा लगभग आठ ठूला जलविद्युत परियोजना (एचपिपी) निर्माण गरेको छ। जसमध्ये केही पहिले नै सञ्चालनमा छन् र केही निर्माणाधीन अवस्थामा छन्। अर्थात् वायु, डागु, जिक्सु, जांगमु, जिचा, लेन्गडा, झोंगडा र लांगजेनमा चीनका प्रस्तावित विद्युत् परियोजना हुन्।

    चीनको ९औं प्रस्तावित योजनाबाट ६० गिगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। बेइजिङको यो १४औं पञ्चवर्षीय योजना (२०२१–२०२५) अनुसार तिब्बतको लिन्जी (निन्ची) प्रान्तको मोटुओ (मेडोग) काउन्टीमा ग्रेट बेन्ड (नामचा बारवा) मा निर्माण गर्ने योजना छ। दक्षिण एसियाको सबैभन्दा बढी नदी तटीय मुलुकका रुपमा रहेको बंगलादेशको जनजीवन चीन र भारतीय सीमाबाट बगेर आउने नदीहरूमा निर्भर छ। ब्रह्मपुत्रलाई बंगलादेशमा बोलाइने जमुना नदी दक्षिण एसियाली तल्लो रिपेरियन राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण नदीहरूमध्ये एक हो। यसले त्यहाँका लाखौँ जनताको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्ने बताइन्छ।

    चीनले यार्लुङ त्साङपोको तल्लो भागमा निर्माण गरिरहेका सबै जलविद्युत् परियोजना यही नदीमा आधारित (आरओआर) परियोजना हुन्। यसले भारत र बंगलादेशको तल्लो रिपेरियन समुदायलाई असर गर्ने छैन भन्ने दाबी गर्दै आएको छ। मेकोङ नदीको वर्तमान अवस्था चीनको हाइड्रो–हेगेमोनीबाट कसरी तल्लो रिपेरियन देशहरू गम्भीर रूपमा प्रभावित छन् भन्ने ज्वलन्त उदाहरणमध्ये एक हो।

    चीनले धेरै विकास परियोजनालाई आफ्नो सुरक्षा रणनीतिमा समाहित गरी अगाडि बढाउँदै आएको परियोजनाअन्तर्गत ब्रह्मपुत्र नदीलाई भारत र बंगलादेशले लिने गरेका छन्। बेइजिङले सोही ‘राष्ट्रिय सुरक्षा’ अन्तर्गत रणनीतिक रुपमा काम गर्दै आएको भारत र बंगलादेशको आशंका गरेका छन्। मानवताका लागि ‘साझा प्राकृतिक स्रोत’ का रूपमा रहेको नदी प्रणालीले विभिन्न जैविक विविधतालाई समेत आतिथ्यता प्रदान गर्दै आएको छ।

    चीनद्वारा भइरहेका विकास निर्माणले तीनवटै देशको विशाल जीववनचक्रलाई खल्बलाउने आकलन भइरहेका छन्। यो चक्र खल्बलिँदा दुर्लभ प्रजातिका वनस्पति र जीवजन्तुहरूको आवाससहित भूमिलाई समेत असर पर्ने विशलेषकहरू बताउँछन्।

    यो नदीको मुद्दा सिनोइन्डियन संवाद एजेन्डामा अपेक्षाकृत नयाँ हो। यसका साथै रिपेरियन मुद्दा सहयोगभन्दा विवादको अर्को स्रोत ब्रह्मपुत्र बनिरहेको छ। भविष्यमा जलविद्युत डेटाको जिम्मेवार साझेदारी र जलस्रोतको समान वितरणका लागि नदी किनारका राज्यहरूबीच मैत्रीपूर्ण परामर्शमा भन्दा पनि चीनको गोप्य संरचना निर्माण, सैन्य गतिविधि र एकहोरो निर्णयले उत्पन्न मतभेद तथा अविश्वासले एसियाकै शान्ति सुरक्षालाई ठूलो प्रभाव पार्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
    तीन देशबीच चलेका वार्ता र संवाद सम्झौताका बाबजुद चीनबाट आएको जलविज्ञान जानकारी भारतले घुमाउरो प्रणलीबाट मात्र पाउने गरेको छ। यति मात्र होइन यसबारे पाउने डेटाको लागि उसले ठूलो मूल्य नै चुकाउनु परेको छ। तर चीनले ब्रह्मपुत्रको तल्लो भागमा बाँध बनाएर नयाँ दिल्लीलाई प्रति–आन्दोलन गर्न बाध्य बनायो भने ढाकाको बेइजिङसँगको द्विपक्षीय सम्बन्धको तिक्तता भने घट्न सक्छ। यसले अवैध प्रवास, पानी साझेदारीजस्ता सान्दर्भिक मुद्दालाई थप बिगार्न पनि सक्छ। दक्षिण–उत्तर जल स्थानान्तरण परियोजना (एसएनडब्लुटीपी) अन्तर्गत तिब्बती नदीहरू (ब्रह्मपुत्र, जमुनासहित) लाई उत्तर–पश्चिम चीनमा रेड फ्ल्याग नहरमार्फत पानी बदल्ने बेइजिङको योजनाप्रति बंगलादेश र भारतले शंका र चिन्ता व्यक्त गर्दै आएका छन्।

    बंगलादेश पानीका लागि बाह्य स्रोतमा बढी निर्भर छ। र जमुना नदी उसका लागि बाह्य पानीको सबैभन्दा ठूलो स्रोत पनि हो। राष्ट्रिय तथ्यांकअनुसार बंगलादेशको कम्तीमा ६० प्रतिशत जनसंख्या ब्रह्मपुत्रको जलग्रहण क्षेत्रमा निर्भर छन्। यस क्षेत्रमा चीनले निर्माण गरिरहेको विभिन्न संरचनाले भूस्खलन बढाउँछ। साथै सियांग र कामेंग सहायक नदीमुनिको सतह, सिल्टेसन, नदी बहाव क्षेत्रको गुणस्तर र प्रवाहलाई गम्भीर रूपमा प्रभाव पार्छ। बंगलादेशी अधिकारीले समय समयमा चिनियाँ निमार्णको विरोध गर्दै आएका छन्।

    केही वर्षदेखि बंगलादेशलले बर्खामा ठूलो बाढीका साथै सुक्खा मौसममा कम पानी वा सुख्खाको मार खेपेको छ। जबकि उनीहरूलाई सबैभन्दा बढी पानीको आवश्यकता त्यही समयमा हुन्छ।

    बंगलादेशको बिआरएसी विश्वविद्यालयका प्रोफेसर एमेरिटस डा. ऐनुन निशातका अनुसार चीनको बाँध निर्माणले जमुनामा निर्भर स्थानीय समुदायलाई उनीहरूको जीविकोपार्जनमा क्षति पुर्याउनु हुँदैन। साथै चीनको पानीको डाइभर्सन, बिजुली उत्पादनबाहेक, बंगलादेश र भारतका लाखौं तल्लो किनारका समुदायलाई हानिकारक साबित हुन सक्ने डा. ऐनुन निशातको भनाइ छ। डा. निशात यो समस्या कम गर्न ढाकाले नयाँ दिल्लीसँग नजिक भई संयुक्त प्रयासबाट मात्रै सम्भव हुने बताउनुहुन्छ।

    पर्यावरण अभियानकर्ता नदी जनताका महासचिव शेख रोकोनले चीनले भविष्यमा कुनै पनि बाँध निर्माण गर्नुअघि बहुपक्षीय छलफल गर्नुपर्ने बताउनुहुन्छ। बंगलादेश सेनाका ब्रिगेडियर जनरल मोहम्मद शाहीनूल हकले बंगलाभर्षण अनलाइन पत्रिकामा दिएको अन्तर्वार्तामा तल्लो तटवर्ती क्षेत्रका रूपमा बंगलादेशमा खाद्य सुरक्षा र दिगो जीविकोपार्जन प्राप्त गर्न भारतसँग पानीको साझेदारी महत्वपूर्ण रहेको सुझाब दिनुभएको छ।

    नदी विवादित क्षेत्रबाट गुज्रिरहेको कारण चीन, भारत र बंगलादेशबीच बहुपक्षीय पानी साझेदारी सम्झौता हुन सकेको छैन। यसको निकास द्विपक्षीय सहयोग आवधिक विज्ञ बैठकको छलफल र हाइड्रोलोजिकल डाटा साझेदारी सम्झौतामा सीमित छ। र यी चीनकै कारण असफलताको अधीनमा छन्। चीनले २०१७ मा डोकलाम गतिरोधको समयमा भारतबाट डेटा रोकेको उहाहरण यहाँनेर स्मरण गर्न सकिन्छ।

    भविष्यमा चीन–भारत द्वन्द्वमा बंगलादेश र ब्रह्मपुत्र अवाञ्छनीय प्रतिनिधिका रूपमा काम गर्न सक्ने सम्भावना छ। केही नदी प्राकृतिक, जंगली र घुमाउरो अवस्थामा बाँकी नै छन्। जलविद्युत, सिंचाइको बढ्दो मागले बाँध निर्माण र अन्य नदी पूर्वाधारको तीव्र विस्तारलाई बढावा दिइरहेको छ।

    ब्रह्मपुत्र नदीको उद्गम क्षेत्रमा चिनियाँ बाँध निर्माणले बंगलादेश र भारतको गम्भीर ध्यान जानु स्वाभाविक हो। किनकि यसले एसियाको सबैभन्दा घना बस्ती भएको लाखौं मानिसलाई असर पुर्याइरहेको छ। बंगलादेश र भारतका स्थानीय जनतालाई ब्रह्मपुत्रमा चीनको हाइड्रो–हेगेमोनिक गतिविधि प्रत्युत्त्पादक साबित हुन सक्छ। साथै जलवायु परिवर्तनको ठूलो मुद्दामा पहिले नै कमजोर वनस्पति, जीवजन्तुलाई अपरिवर्तनीय क्षति पुर्याउन सक्छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.