• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

व्याँस गाउँपालिका स्थित आयोडिन नुन नहुँदा स्थानीय मार्कामा

"व्याँस गाउँपालिकास्थित नुन विक्री डिपोमा आयोडिन नुन नहुँदा स्थानीय मार्कामा परेका छन् । गत असार महिनादेखि विक्री केन्द्रमा आयोडिन नुन नहुँदा डिपोमा पुगेका स्थानीयहरु रित्तो हात घर फर्किन बाध्य "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०८, २०८०  

  • व्याँस गाउँपालिकास्थित नुन विक्री डिपोमा आयोडिन नुन नहुँदा स्थानीय मार्कामा परेका छन् । गत असार महिनादेखि विक्री केन्द्रमा आयोडिन नुन नहुँदा डिपोमा पुगेका स्थानीयहरु रित्तो हात घर फर्किन बाध्य भएका छन् । अहिले स्थानीय गाउँमा ढिके नुन र भारतीय नुन प्रयोग गर्नु पर्ने अवस्था आएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएयता गाउँमा नुन पुगेको छैन, व्याँस गाउँपालिका–४ का नरेन्द्र भट्टले भन्नु भयो, भारतीय नुन प्रतिकिलो २५ रुपियाँमा किनेर खानु पर्ने अवस्था आएको छ ।

    गाउँमा ढिके नुन पनि पाउनै मुस्किल छ । डिपोमा नेपाली आयोडिन नुन प्रतिकिलो नौ रुपियाँ पर्छ । तर, गाउँमा सडक बन्द हुँदा नुन आएको छैन् । खलंगाबाट व्याँस गाउँपालिको केन्द्र सुनसेर ४० किलोमिटरको दुरीमा पर्छ । केही व्यापारीले भारतीय नुन लिएर विक्री गर्ने गरेका छन् । भारतीय नुन नेपाली नुन भन्दा धेरै महंगो छ । नुन अभावले स्थानीयले हैरानी खेप्नुपरेको स्थानीय संग्राम विष्टले बताउनु भयो । गाउँमा नुन पाउनै नसकिने भएको छ । भारतीय बाटो हुँदै थोरै थोरै नुन बोकेर लिने गरेका छौँ उहाँले भन्नु भयो । नुनको समस्याबारे पटकपटक आग्रह गर्दा पनि सुनुवाई भएको छैन् ।

    नुनको माग गर्दै नेपाली काङ्ग्रेसले व्याँस गाउँपालिकालाई ज्ञापन पत्र समेत बुझाएको एकसता वितिसक्दा समेत कुनै सुनुवाई नभएको नेपाली काङ्ग्रेसका नेता हरकसिंह विष्टले बताउनु भयो । जनतालाई चाहिने आधारभूत आवश्यकत्ता नुनको आपुर्तिको लागि पहल नहुँदा व्यासबासीले समस्या भोग्नुपरेको उहाँको भनाइ छ । व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामीले नुन र खाद्यान्नको समस्याबारे साल्ट ट्रेडिङ् लिमिटेडलाई एक महिना अघि पत्रचार गरिएको बताउनु भयो । नुन तथा खाद्यान्न समाग्री समयमै  पु¥याउन जिल्ला प्रशासन कार्यालयमार्फत पत्रचार गरिएको भए पनि ठेक्का प्रक्रियामा ढिलाई हुँदा समस्या भएको उहाँले बताउनु भयो ।

    नुनको अभाव व्याँसमा मात्र नभई जिल्लाका अन्य विक्री केन्द्रमा समेत भएको छ । एक महिनादेखि विक्री केन्द्रहरुमा नुन अभाव रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, दार्चुला डिपोका शाखा प्रमुख प्रेमसिह कुँवरले बताउनु भयो । स्थानीय तहमा रहेका नुन विक्री केन्द्रहरुमा गत असार महिनादेखि नुन अभाव छ । मालिकार्जुनको शंकरपुर, दुहुँ गाउँपालिकाको गरमोरा, अपि हिमाल गाउँपालिकाको ओखल, नौगाड गाउँपालिकाको होपरीगाडमा रहेको विक्री केन्द्रहरुमा नुन अभाव रहेको कुँवरले जानकारी दिनु भयो । नुन अभाव भएका क्षेत्रमा नुन ढुवानीका लागि टेण्डर प्रक्रियामा रहेको छ ।

    नौगाडको होपरीमा ५ सय कोटा, मालिकार्जुनको शंकरपुर पस्तीमा २ सय कोटा, व्यासँको सुन्सेरा क्षेत्रमा १ सय ७० कोटा तथा दुहुँको गरमोरा क्षेत्रमा २ सय १० कोटा नुन ढुवानी हुने गरेको थियो । गाउँका विक्री केन्द्रमा नुन सकिएपछि अहिले सदरमुकाम खलंगा र गोकुलेश्वर विक्री केन्द्रबाट नुन विक्री भइरहेको छ । खलंगा डिपोले गत आर्थिक वर्ष २०७९ / ०८० मा २ हजार ८ सय २ क्विन्टल ५० किलोग्राम आयोडिन नुन विक्री वितरण गरेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.