• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

न्यायको आशमा नथाकेको तर राज्यले बेवास्ता गरेको आरती परिवार


  •    संवाददाता/ शुक्रबार, भदौ ०८, २०८०  

  • तस्वीरः विमल पौडेल ।

    धनुषा जिल्ला नगराइन नगरपालिका ७ का विनोद शाहसहित उनको परिवार यही असार १ गतेदेखि माइतीघर मण्डलामा धर्ना बस्दै आइरहेको छ। यसरी धर्ना बस्न थालेको पनि करिब ७० दिन बितिसकेको छ।

    जे विषयका लागि धर्ना बसेका थिए त्यसमा सरकार मौन छ। पीडितको गुनासो सुनुवाइ र न्यायको लागि कुनै ठोस कदम नचालिँदा पीडित पक्ष निराश छन्।

    घटना यही जेठको हो। जेठ ७ गते धनुषास्थित आफ्नै घरमा आरती साहको हत्या भएको थियो। हत्यामा उहाँका श्रीमान् मोतिबाबु साह, ससुरा मदनमोहन, सासु आमा रेनु देवी र देवर रवि साह रहेको आरती साहका परिवारको आशंका छ। मिलेर थप दाईजोको लागि निर्घात कुटपिट गरी हत्या गरेका कारण सपरिवार न्यायका लागि सडकमा उत्रीएको विनोद शाह बताउनुहुन्छ।

    २०७८ असार ३१ गते आरतीको विवाह जनकपुरधाम थापाचौक ९ का मोतिबाबु साहसँग विवाह भएको थियो। ‘विवाहमा मागे जति दाइजो ऋण सापटी गरेर दिएका थियाँै,’ मृतक आरतीका बुवा विनोद साह भन्नुहुन्छ, ‘विवाहको ७–८ महिनापछि मोतिबाबुको परिवारले बाइक, दराजको माग गर्दै आरती लाई दिनदिनै कुटपिट गरी यातना दिन थाले। आरती माइत आएर बेलिविस्तार लगाइन्। त्यसपछि हामीले बाइक दिन नसक्ने र दराजको जोहो गर्ने सहमति गर्यौँ।’

    कुटपिटबाट घाइते भएपछि जेठ ७ गते मोतिको परिवारले जनकपुरको काभ्या अस्पतालमा आरतीलाई भर्ना गरेको थियो। आरतीका बुवा विनोदलाई मोतिको परिवारले ‘साधारण बिरामी छ, स्लाइन पानी चढाएर राखेको छ। तुरुन्तै अस्पताल आउनु भनेर’ ६ बजेर २० मिनेटमा फोन गर्यो।

    त्यसपछि विनोद आत्तिनुभयो। जनकपुरमा पढ्दै आएकी छोरी मनिशालाई फोन गरेर अस्पताल जान भन्नुभयो।

    ‘अस्पताल ढिलो पुगेँ। त्यहाँ आरतीको अवस्था देखेर बेहोसजस्तो भएँ,’ मनिशा भन्नुहुन्छ। ‘दिदीको टाउकोमा चोटपटक, कुइनोमा रगत लतपतिएको र घाँटी हातले थिचिएकोजस्तो डाम थियो,’ मनिशाले भन्नुभयो, ‘बोलाउँदा पनि बोल्नुहुन्नथ्यो। डाक्टरलाई सोध्दा दिदीको मृत्यु भएको भनेपछि तुरुन्तै घटनाबारे बुबालाई फोन गरेर बताएँ।’
    यता आरतीकी आमा निर्मला देवी शाहका अनुसार सामान्य झगडा भएको र गाली गर्दा छोरी झुन्डिएको मोतिबाबुुको परिवारले बतायो। तर यो आत्महत्या नभई निर्मम हत्या भएको उहाँको दाबी छ।

    आफ्नो परिवारलाई जेठ ३२ गते धनुषा जिल्ला प्रहरी कार्यलयमा बोलाएर बकपत्रमा आफूखुसी लेखेको कुरामा सहीछाप गर्न लगाउँदा आफूहरू नमानेको मनिशा बताउनुहुन्छ।

    ‘सहीछाप गर्न नमान्दा डिएसपी वेदप्रकाश गौतमले मलाई घाँटीमा समातेर लतारे,’ मनिशा भन्नुहुन्छ, ‘ बुटले जथाभावी संवेदनशील अंगमा पनि प्रहरीले हिर्कायो। मामा सन्तोष, आमा र बुवालाई पनि कुटपिट गरे।’

    ‘उल्टै पीडित पक्षलाई बोलाएर अनावश्यक कुटपिट गरी दिउँसो ३ बजेदेखि बेलुका १० बजेसम्म थुनामा राखे। एसपी विश्वराज खड्का आएर माफी माग्न लगाएर,’ मनिशाको भनाइ छ, ‘अनि हामी प्रहरीको खुट्टा समातेर माफी माग्न बाध्य भयौँ। त्यसपछि मात्रै त्यहाँबाट छोडिदिए।

    यो घटनाको पृष्ठभूमि यही हो। त्यसपछि न्यायका लागि आरतीको परिवार सडकमा निस्कियो। र काठमाडौँसम्म आइपुगेको हो।

    करिब ७० दिनदेखि चलिरहेको न्यायको लडाइँ अनिश्चिकालीन रहेको आरतीका बुवा विनोद शाह बताउनुहुन्छ।

    ‘मोतिबाबु र मदन मोहनलाई हिरासतमा छन्,’ विनोह शाहको माग छ, ‘घटनामा संलग्न सम्पूर्ण परिवारमाथि नै अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ। महिलामाथि कुटपिट गर्ने वेदप्रकाश र विश्वराजमाथि पनि कारबाही हुनुपर्छ।’

    धर्ना बसिरहँदा एक हप्ताअघि नक्सालबाट डिआइजी, डिएसपी, इन्सपेक्टर र एसएसपी आएर ‘तपाईंहरु घर जानुस्, हामी अनुसन्धान अगाडि बढाउँछौँ’ भने। तर आरतीको परिवार यसमा सन्तुष्ट छैन। न्याय नपाएसम्म माइतीघरमै अनिश्चितकालका लागि धर्ना बस्ने बताउँछ।

    ‘सरकार हामीजस्ताको कुरै सुन्न चाहन्न,’ मनिशाको गुनासो छ, ‘गृह मन्त्रालय र राष्ट्रिय मानव अधिकार तथा महिला आयोगले पीडितको मुद्दामाथि फैसला गर्न नसक्ने भए ताल्चा लगाए हुन्छ।’ तस्वीरः विमल पौडेल ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.