• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विद्यालयहरु तीनदिन देखि बन्द हुँदा पठनपाठन प्रभावित


  •     अभियान हाम्रो/ बुधबार, साउन ३१, २०८०  

  • हुम्ला जिल्लाका सामुदायिक विद्यालयहरु तीनदिन देखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ ।  राष्ट्रिय शिक्षक महासंघको सर्कुलर अनुसार शिक्षकहरुले साउन २८ गतेदेखि गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिने कार्यक्रममा सहभागी हुन गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

    शिक्षकका विशेष मुद्दालाई सम्बोधननै नगरी संघीय शिक्षा ऐन ल्याउन लागिएको भन्दै देशभरका शिक्षकहरुको छाता संगठन राष्ट्रिय शिक्षक महासंघको कार्यक्रम अनुसार साउन २८ गते गाउँपालिकामा, साउन २९ गते जिल्ला प्रशासन कार्यालयमा  र साउन ३० गते  शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

    तीनदिनदेखि शिक्षकहरू धर्ना दिने कार्यक्रमा गएपछि विद्यालयमा पठनपाठन नभएको सिमकोट गाउँपालिका – ६ स्थित मानसरोवर माध्यमिक विद्यालयका कक्षा ११ मा अध्यायनरत छात्रा प्रगति शाहीले गुनासो गर्नु भयो । उहाँका अनुसार लगातार तीनदिन विद्यालय बन्द गरी शिक्षकहरु धर्नामा उत्रिएपछि विद्यालयमा पुगेर फर्कनु परेको बताउनु भयो ।  शिक्षकहरुको धर्ना कार्यक्रमले विद्यालयको पठनपाठन हुन नसकेको सोही विद्यालयका कक्षा ११ मा अध्ययनरत छात्रा कोपिला शाहीले गुनासो गर्नु भयो ।

    नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच भएका ३० बुँदे र ५१ बुँदे सहमतिका बुँदाहरू उचित ढंगले  नसमेटिएको भन्दै  चरणबद्ध रुपमा धर्ना कार्यक्रम गर्न लागिएको शिक्षक महासंघ हुम्लाका अध्यक्ष बिष्णु बोहराले बताउनु भयो ।

    स्थायी, करार, राहत, साविक उमावि, बालविकास शिक्षा, शिक्षण जस्ता विद्यालयका माग बुँदामा समेटेर स्थानीय सरकारलाई ज्ञापनपत्र समते बुझाइएको शिक्षक जुनराज हमाले बताउनु भयो । शिक्षक काली बहादुर शाहीले पेन्सन पट्टा पाउने २०७५ भन्दा पहिला जे थियो त्यहि कायम गर्नुपर्ने, शिक्षक पेसालाई सम्मान गर्नुपर्ने माग राखेको बताउनु भयो । शिक्षक जयदेवी शाहीले यदि शिक्षकको माग पूरा नभए प्रदेश हुँदै केन्द्रसम्म विद्यालय बन्द गरेर पनि आन्दोलनमा जाने चेतावनी दिनु भयो ।

    शिक्षक कैलाश रोकायाले २०८० साउन २८ गतेको निर्णय अनुसार हुम्लाका सात ‍ओटा स्थानीय तहलाई ३० बुँदे र ५१ बुँदे पत्र पेस गरी धर्ना बसेको बताउनु भयो । शिक्षकहरु पहिलो चरणको आन्दोलनकाे कार्यक्रममा सहभागी भएपछि जिल्लाभरको विद्यालयमा पठनपाठनमा प्रभावित भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.