• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गर्मीले तोड्यो १४३ वर्षको रेकर्ड, जुलाई इतिहासकै गर्मी महिना


  •    संवाददाता/ बुधबार, साउन ३१, २०८०  

  • नासाले जुलाई २०२३ लाई सन् १८८० पछिकै सर्वाधिक गर्मी महिना भएको बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्य जुलाई महिनाको भन्दा यो जुलाई महिना ०.२४ डिग्री सेल्सियम बढी गर्मी हो।

    नासाका अनुसार १८८० पछि उच्च गर्मी हुने पछिल्ला पाँच वर्षका जुलाई महिना रहे। युरोपियन युनियन क्लाइमेट अब्जर्भेटरीले पनि यो वर्षको जुलाईलाई इतिहासकै गर्मी महिना भएको बताएको छ।

    नासाद्वारा १४ अगस्टमा जारी एक विज्ञप्तिमा अमेरिकामा जलवायु परिवर्तनको प्रभाव स्पष्ट रुपमा देखिएको र त्यसलाई तत्काल रोक्न एक्सन लिन जरुरी रहेको बताएको छ।

    नासाको भनाइअनुसार जुलाईमा दक्षिण अमेरिका, उत्तर अफ्रिका, उत्तर अमेरिका र अन्टार्कटिकको औसत तापक्रम ४ डिग्री सेल्सियसभन्दा बढी रह्यो। सन् १९५१–१९८० बीचका जुलाई महिनामा औसत तापक्रम १.१८ डिग्री सेल्सियस बढी थियो।

    वैज्ञानिकले तापक्रम बढ्नुको कारण अलनिनो र एटमसफियरमा कार्बनडाइअक्साइड बढ्नु रहेको बताएका छन्। फोसिल फ्युल्स जल्दा वार्षिक ४० अर्ब टन कार्बनडाइअक्साइड उत्पन्न हुन्छ। यो वर्षको जुन महिना पनि अहिलेसम्मकै सर्वाधिक गर्मी रहेको वैज्ञानिकको भनाइ छ।

    अलनिनो के हो ?

    अलनिनो एउटा वेदर ट्रेन्ड हो, जुन वर्षमा एकबार हुन्छ। यसमा पूर्वी प्रशान्त महासागरको पानी तातो हुन्छ। विश्व मौसम संगठनका अनुसार यो क्षेत्रमा फेब्रुअरीमा औसत तापक्रम ०.४४ डिग्रीबाट बढेर जुनको मध्यमसम्म ०.४४ डिग्रीबाट ०.९ डिग्री पुगेको थियो।

    ब्रिटानिकाका अनुसार अलनिनोले पहिलो रेकर्ड सन् १५२५ मा राखेको थियो। त्यसपछि सन् १६०० आसपास पेरुका माझीले समुद्री तटमा असामान्य रुपले पानी तातेको महसुस गरेपछि। पछि अनुसन्धान गर्दा थाहा भयो यो सब अलनिनोको कारणले भएको थियो।

    यस्तै, पछिल्ला ६५ वर्षमा प्रशान्त महासागरमा १४ पटक अलनिनो सक्रिय भएको छ।

    अमेरिकामा गर्मीको चपेटमा ११ करोड मानिस

    अमेरिकामा लगातार बढिरहेको गर्मीले दिक्क बनाएको छ। बिबिसीको एक रिपोर्टअनुसार अमेरिकामा आगामी हप्ता तापक्रम उच्चस्तरमा पुग्ने आकलन गरिएको छ। यसको चपेटामा ११ करोड ३० लाख मानिस छन्।

    यसैगरी युरोपमा इटाली, स्पेन, फ्रान्स, जर्मनी र पोल्यान्डमा गर्मीबारे उच्च सतर्कता अपनाउन भनिएको छ। अहिले त्यहाँको तापक्रम ४५ डिग्री पुगेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.