• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य


  •    संवाददाता/ मङ्गलबार, साउन ३०, २०८०  

  • दार्चुलाकाे महाकाली नगरपालिका–६ मा बर्थिङ् सेन्टर (प्रसूती सेवा) नहुँदा गर्भवतीहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । प्रसूती सेवा नपाउँदा गत आर्थिक वर्ष ०७९ / ०८० मा ६ जना महिलाले घरमै बच्चा जन्माएका हुन् ।

    वडामा स्वास्थ्य चौकी नहुँदा यहाँका अधिकांश गर्भवतीले ज्यान जोखिम राखेर घरमै बच्चा जन्माउने गरेका छन् । सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिकाको सबै भन्दा विकट बस्ती रहेका निशिल पौनेखोलाका नागरिकलाई अहिले पनि स्वास्थ्य सेवाबाट वञ्चित हुनु पर्ने अवस्था आएको स्थानीय महेश भट्टले बताउनु भयो ।

    ‘ गर्भवतीहरुको ज्यान जोखिममा पर्ने सम्भावन अत्याधिक छ । सडक सुविधा छैन् । तीन घण्टा हिडेर मात्रै सडकमा पुगिन्छ । गर्भवती महिलाले यति लामो बाटोमा हिडेर कसरी जिल्ला अस्पताल आउन सक्छन्,’ भट्टले भन्नु भयो, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा नगरपालिका गम्भीर हुनुपर्छ ।’ ६ जना महिलाको ज्यानमा केही भइदिएको भए को जिम्मेवार हुन्थ्यो ? ।

    वडा नम्बर ६ मात्र नभई महाकाली नगरपालिकाको थाप्ला, मुल्ला, मैखोलीलगायतका बस्तीका नागरिककोस्वास्थ्य सेवा सहज पहुँच नहुँदा यस क्षेत्रका स्थानीयहरुलाई समस्या भएको छ । सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउन निकै जटिल हुन्छ । बर्खाको बेला सडक अवरुद्ध हुने गरेका छन् । गर्भवती महिलालाई समयमै अस्पताल पुग्न सकिने अवस्था छैन्, स्थानीय पार्वती पालले भन्नु भयो, हाम्रो समस्याबारे कसले बुझिदिने ? अहिलेसम्म भगवान भरोसा हामीहरुको ज्यान जोगिएको छ । अहिलेको समयमा पनि घरमै सुत्केरी गराउनु यो भन्दा ठूलो समस्या के हुन सक्छ ? उहाँको भनाइ छ ।

    नगरपालिकाले होम डेलभरी शून्य स्थानीय तह घोषणा गर्ने लक्ष्य लिएको भए पनि अझै यहाँका अधिकांश वडा तहमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर नहुँदा समस्या भएको महाकाली नगरपालिका स्वास्थ्य संयोजक जयबहादुर फर्सवानले बतानउ भयो ।

    नगरपालिकाभित्र नौ ओटा वडा रहेका छन् । साविकका धाप, दत्तु, खलंगा, काटै र छापरीमा मात्रै स्वास्थ्य चौकी र बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । त्योवाहेक नगरपालिकाले पाँच ओटा शहरी स्वास्थ्य इकार्ई र तीन ओटा आधारभूत स्वास्थ्य इकाई स्थापना गरेको छ । नगरपालिकाले किम्तडी, कौतली, थाप्ला, मैखोली, र पौन्याखोलामा शहरी स्वास्थ्य इकाई स्थापना गरेको छ । बंगाबगड, धौकोट र निशिलमा आधारभूत स्वास्थ्य इकाई स्थापना छ ।

    तर, शहरी तथा आधारभूत स्वास्थ्य इकार्ईमा प्रसूती गराउन दक्ष जनशक्ति नहुँदा समस्या भएको फर्सवानको भनाइ छ । हामीसँग स्वास्थ्य चौकीमा मात्रै एसबीए तालिम प्राप्त जनशक्ति छ, उहाँले भन्नु भयो, आधारभूत र शहरी स्वास्थ्य इकाईमा अहिले एक जना अहेव, अनमी र कार्यालय सहयोगी राखिएका छन् । तालिम प्राप्त जनशक्ति अभावले सबै ठाउँमा सुरक्षित प्रसूती गराउन सकिएको छैन् फर्सवानले भन्नु भयो ।

    महाकाली नगरपालिकाका प्रमुख नरसिह चैसिरले नगरपालिका भित्र नगरको छुट्टै अस्पताल निर्माणको लागि योजना बनिरहेको र स्थानीयहरुको स्वस्थ्यमा सहज पुहँच पुगाउने उद्धेश्यले काम भइरहेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.