• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अविरल वर्षा र बाढीले चार सय ५० घर डुबान तीन जनाबेपत्ता


  •     अभियान हाम्रो/ मङ्गलबार, साउन ३०, २०८०  

  • बर्दिया जिल्लाका केही स्थानीय तहमा भएको अविरल वर्षा र बाढीका चार सय ५० घर डुबानमा परेको छन् भने तीन जनाबेपत्ता भएका छन् । डुबानका कारण विस्थापित भएकाहरूलाई विद्यालय, सामुदायिक भवनहरूमा राखिएको  ।बारबर्दिया नगरपालिकाका पाँच, ६, ;सात र आठ, बाँसगढी नगरपालिकाका आठ, नौ  र गुलरिया नगरपालिकाका– पाँच र  आठ नम्बर वडाका ४  सय ५० घरमा डुबानमा परेका छन् ।

    बारबर्दिया नगरपालिका–५ को गुमस्ता, जब्दहवा, सदाशिवका २८ घर, ६ नम्बर वडाका १५ घर, सात नम्बर वडाका ५७ घर र भगतपुर र दुध्धाका  ५२  गुलरिया नगरपालिका– पाँचका ६० घर र आठनम्बर वडाका १८ घर र बाँसगढी नगरपालिकाको आठ नम्बर वडाका २ सय १० घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

    photo2023081502bardiya.

    बाढीका कारण विस्थापित भएका १ सय ७४ जनालाई सरस्वती माध्यामिक विद्यालय भगतपुर, युवक  माध्यामिक विद्यालय दुध्धा, रेशमपुर सामुदायिक भवनमा पाल टाँगेर बसेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताउनु भयो उहाँले क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको र ले क्षतिको पूर्ण विवरण आइनसकेको बताउनु भयो ।

    यसैगरी, बबई नदीमा दाउरा निकाल्ने क्रममा बगेर तीन  जना बेपत्ता भएका छन् ।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा विभिन्न स्थानबाट तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा गुलरिया नगरपालिका –१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारू, वडा नम्बर ८ थपुवा गाउँका २७ वर्षीय अक्षयकुमार थारू र गुलरिया नगरपालिका –२ का २३ वर्षीय महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहितको टोलीले खोजी गरिरहेको छ । दाउरा तथा काठहरू निकाल्ने क्रममा नदी तटका स्थानीयहरू नदीमा जाने क्रम बढेपछि स्थानीय प्रशासनले नदीमा दाउरा निकाल्ने नाममा नदीमा नपस्न र नदी किनारमा नजान अनुरोध गरेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.