• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

किन गर्न पर्छ विरोध गर्न पाउने अधिकारको संरक्षण ?


  •    संवाददाता/ शनिबार, साउन २७, २०८०  

  • विरोध गर्न पाउने मौलिक मानवअधिकार हो तर सत्तामा पुग्नासाथ सबैजसोलाई विरोध गरेको मन पर्दैन। त्यसैकारण विरोध गर्न पाउने अधिकारको संरक्षणका लागि कदम चाल्न पर्नेमा जोड दिइएको छ। एम्नेस्टी इन्टरनेसनल नेपालले अन्तर्राष्ट्रिय युवा दिवस पूर्व सन्ध्यामा शुक्रबार काठमाडौँमा आयोजना गरेको “नेपालमा विरोध गर्न पाउने अधिकारबारे अन्तरपुस्तागत संवाद” कार्यक्रमका वक्ताहरूले दीर्घकालीन र देशको हित अनुकूल हुने गरी विरोध गर्ने संस्कारको विकास गर्नु पर्नेमा जोड दिएका हुन् ।

    संवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो राजनैतिक यात्राका दौरानमा विरोध गरेकै कारण निकै कठिनाइको सामना गर्नु परेको उल्लेख गर्दै आफू असहमत भएको विषयमा खुलेर विरोध गर्न पाउनु पर्ने बताउनुभयो। उहाँले विगतमा आफूले लोकतन्त्र स्थापनार्थ विरोध गर्दा देशद्रोहको मुद्दा भोग्नु परेको उल्लेख गर्दै प्रहरी हिरासतमा निकै पीडादायी दिन बिताउनु परेको स्मरण समेत गर्नुभयो।

    नेकपा एमालेका सांसद ठाकुर गैरेले युवाहरूको विरोधबाट नै मुलुकमा परिवर्तन सम्भव भएकाले राष्ट्रियता र जनजीविकाका सवालमा आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनुभएको छ। ।

    त्यसैगरी सोही कार्यक्रममा बोल्दै पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विरोधका लागि मात्रै विरोध गर्ने परिपाटी बदल्नु पर्ने बताउनुभयो। उहाँले लोकतान्त्रिक मुलुकमा कुनै पनि विषयमा आफूलाई मान्य नहुने कुरामा धारणा राख्न पाइने भएकाले यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले आफू पनि मानव अधिकारका विभिन्न आन्दोलनमा कष्टपूर्ण अवस्थाको सामना गरेर अहिलेको अवस्थासम्म आएकाले कुनै पनि कुरामा विरोध जनाउँदा त्यसको स्तरमा ध्यान दिन आवश्यक रहेकामा समेत जोड दिनुभएको छ। ।

    वरिष्ठ पत्रकार युवराज घिमिरेले विरोध गरेकै भरमा राज्यतर्फबाट गरिने निर्मम यातना मानव अधिकार विरुद्ध हुने बताउनुभयो। उहाँले कुनै पनि विषयमा असहमति एवं विरोध जनाएकै भरमा हुने गरेका दमनको अन्त्य हुनु पर्ने उल्लेख गर्नुभएको छ।

    एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालमा विरोध गर्ने अधिकार र नागरिक आन्दोलनको योगदानबाट हाल सम्मका परिवर्तन संस्थागत भएको बताए । उहाँले एम्नेस्टीले मानव अधिकारको रक्षाका लागि सदैव आफ्ना अभियानहरूलाई निरन्तरता दिइरहेको उल्लेख गरे ।

    अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको “नेपालमा विरोध गर्न पाउने अधिकारबारे अन्तरपुस्तागत संवाद” कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले विरोध गर्न पाउने मौलिक मानवअधिकारलाई क्षयिकरण गर्ने राज्यहरूका व्यापक र तीव्र प्रयासहरूको सामना गर्न २०२२ देखि विश्वव्यापी अभियान “प्रोटेक्ट द प्रोटेस्ट” अर्थात “विरोधको संरक्षण गरौँ” सञ्चालन गर्दै आएको जानकारी दिए । एम्नेस्टीले नेपालमा पनि विरोध गर्ने अधिकार र नागरिक आन्दोलनको परिधिको संरक्षण र सम्वर्द्धन गरिनुपर्ने माग गर्दै विभिन्न अभियानात्मक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.