• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पहिरोबाट विस्थापित १३ परिवार त्रिपालमुनिको बास


  •     अभियान हाम्रो/ शुक्रबार, साउन २६, २०८०  

  • गौरीशङ्कर गाउँपालिका-८ का सल्ले गाउँको १३ परिवारका ५७ जना सोही वडाको बेहुली डाँडामा  साउन १९ गतेदेखी त्रिपालमुनि बस्छन् । पहेँलो त्रिपालका छाप्रा गौरीशङ्कर गाउँपालिका-८ को बेहुली डाँडामा लहरै छन् । छ्वाली र स्याउला ओछ्याइएका छाप्राबाहिर स-साना बालबालिका खेलिरहेका छन् । अधिकांश महिला, बालबालिका र ज्येष्ठ नागरिक रहेका साँघुरा छाप्राभित्रै खाने र सुत्नेु पर्ने बाध्यता छ ।

    Photo_080-4-26_Dolakha,

    सरोकारवाला निकायले एक साताअघि त्रिपाल बाँडेर कुनै खोजखबर नगरेको गौरीशङ्कर गाउँपालिका-८ का पहिरोपीडित ८० वर्षीय शमशेरबहादुर मगरले बताउनु भयो । सडक सञ्जालले नछोएको सल्ले, तल्लो सल्ले, हुर्पाङलगायत गाउँका पहिरो विस्थापित परिवार यतिबेला अलपत्र छन् । उहाँले भन्नुभयो,’सुरक्षित हुन्छौँ कि भनेर यो डाँडामा आएर बसेका छौँ । तर माथि भीर, तल पहिरो छ, कसरी सन्तान जोगाउने भन्ने पिरलो अझै छ । कसैले राहत दिए पनि भीरको बाटो पाँच घण्टाभन्दा बढी आउजाउ गरेर ल्याउनुपर्छ ।’

    राति पहिरो गएपछि सल्लेका गाउँले भागेर ओडारमा गई ज्यान जोगाएको स्थानीय तुलीमाया मगरले उल्लेख गर्नुभयो । ‘साँझतिर चारैतिरबाट पहिरो खस्यो, घरमा पहिरो बज्रिन थालेपछि भागेर ओडारमा पुग्यौँ । ओडार नजिकैको खोलामा पनि बाढी आउन थालेपछि झनै डर भयो’, उहाँले भन्नुभयो ।

    पहिरोले घर लगेका र जोखिमका ३४ परिवार यतिखेर सुरक्षित स्थानको खोजीमा छन् । बाटो, पुलपुलेसा सबै पहिरोले बगाएपछि उद्धारदेखि आउजाउको सकस परिरहेको छ । बाढीपहिरोले गर्दा स्वास्थ्य संस्था जाने बाटो बन्द छन् । सामान्य अवस्थामा पनि स्वास्थ्य संस्था पुग्न यहाँबाट तीन/चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । यतिबेला त्रिपालमा बसिरहेका ज्येष्ठ नागरिक, बालबालिका बिरामी पर्न थालेको स्थानीय मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’चिसो भुइँमा स्याउला ओछ्याएर ८०/९० वर्षका बुबाआमा राखेको छु, रातभरि पानी चुहिन्छ । बालबच्चा र ज्येष्ठ नागरिक जोगाउन निकै कष्ट परिरहेको छ ।’

    सदरमुकाम चरिकोटबाट २२ कोस टाढाका सल्ले गाउँ पुग्न दुई दिनको पैदल हिँड्नुपर्छ । ग्रामीण सडकबाट छेसा खारेसम्म तीन/चार घण्टामा र त्यहाँबाट दुई घण्टाको पैदलमा पुगिने यो गाउँ तुइनटारबाटै सडक अवरुद्ध बनेपछि सडक सञ्जालबाट विच्छेद भएका छन् । पहिरो छिचोल्दै दुई दिनको पैदल हिँडेर त्यहाँ पुग्दा स्थानीयले पटक पटक आफ्ना अवस्था हेरिदिन आग्रह गरिरहेका थिए । यस्तै पहिरोले खारे र मार्बु जोड्ने झोलुङ्गे पुल र पैदलमार्ग क्षतिग्रस्त बनाएपछि गाउँ पुग्ने बाटो अवरुद्ध भएको हो । पहिरोपीडितहरू एक संस्थाले दिएको एक बोरा चामल र चाउचाउ बोकेर भीरको बाटो छिचोल्दै छन् ।

    Photo_080-4-26_Dolakha.

    पहिरोको चपेटामा परेका सल्ले गाउँमा विगतमा पनि राज्यको उपस्थिति निकै कम रहेको स्थानीयको गुनासो छ । गौरीशङ्कर-८ को विकट बस्ती हुर्पुङ, सल्ले, तल्लो सल्ले चारैतिरबाट पहिरोले घेरेर सम्पर्कविच्छेदको अवस्थामा छन् । चर्न गएका बस्तुभाउ पहिरोका कारण फर्कन सकेका छैनन् । बालबालिका बाटो नभएपछि विद्यालय जान नपाएको स्थानीय कोपिला मगरले बताउनु भयो । ‘गाउँमा धेरै गर्भवती छन्, आजभोलि नै सुत्केरी हुने अवस्थाकालाई कसरी स्वास्थ्य संस्थासम्म लैजाने ?’, मगरले उल्लेख गर्नुभयो ।

    खारेको सल्लेबाट खसेको पहिरोले गौरीशङ्कर गाउँपालिका-७, टोपाटारका नौ घरमा क्षति पुर्‍याएको छ । पहिरोमा परी टोपाटारका दुई जनाको शव फेला परे पनि दुई जना अझै बेपत्ता छन् । टोपाटार बजार अहिले पूरै विस्थापित छ । पहिरोले मार्बुकै भीष्मे गाउँ पनि विस्थापित भएको गौरीशङ्कर गाउँपालिका-७ का वडाध्यक्ष साङ्गे शेर्पाले बताउनु भयो । चारैतिरबाट भीष्मे गाउँ पहिरोले घेरिएको कारण तल र माथि दुवैतिरबाट पहिरो आएपछि २२ घर परिवारले गाउँ छाडेको उहाँले जानकारी दिनुभयो ।

    भीष्मेका स्थानीय मार्बुमा भएका आफन्त, भूकम्पका बेला बनाएका र हाल खाली घरमा बसिरहेका छन् । पहिरोले क्षति पुर्‍याएपछि गाउँमा विद्युत र सञ्चार अवरुद्ध छ । पहिरोपीडित परिवारलाई भेट्न पुगेका पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले मानवीय र भौतिक क्षतिका हिसाबले यहाँ अहिलेसम्मकै ठूलो नोक्सान भएको बताउनु भयो । खारे र भीष्मे बस्तीका ६० भन्दा बढी घर परिवारलाई तत्काल स्थानान्तरण नगरे थप क्षतिको जोखिम हुने उहाँले उल्लेख गर्नुभयो । यस समस्याको समाधानको लागि सरोकारवालाहरू सबैले छलफल गरेर बस्ती स्थानान्तरण गर्ने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले तत्कालका लागि विस्थापितलाई त्रिपालमा राखिएको बताउनु भयो । गाउँमा बस्नै नमिल्ने गरी पहिरोमा परेका कारण भौगोलिक बनोटका पनि स्थानान्तरण गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.