• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, चैत ०४, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लुम्बिनीको इज्जत जाने कुनै काम गर्दिनँ: ल्हारक्याल लामा


  •    संवाददाता/ शुक्रबार, साउन २६, २०८०  

  • विवादित छविका डा. ल्हारक्याल लामालाई सकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि बिहीबार पदभार ग्रहण गर्नुभएको छ। बुद्ध जन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभार ग्रहण गरी औपचारिक रुपमा कार्यभार समाल्नुभएको हो।

    लामालाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलगायतले स्वागत गर्नुभयो। उपाध्यक्ष लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गर्नुभएको छ।

    पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता लामाको छ। उहाँले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनीजस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताउनुभयो।

    आफू लामो समयदेखि बुद्धमार्गमा हिँड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताउनु भयो। बुद्ध जन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरी काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो।

    ‘मान्छे हो, कहिलेकाहीँ बुझाइमा समस्या हुन सक्ला तर। मेरो बुद्धि–विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’ उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो।

    स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्ध दर्शनमा विद्यावारिधि गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको र लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। ‘भाषणभन्दा पनि लुम्बिनीका बाँकी गुरुयोजनासहित लुम्बिनीलाई विश्वभरका बौद्ध धर्माम्वलम्बीहरूको आस्थाको केन्द्रका रुपमा विकास गरी नतिजा दिनुपर्छ,’ कोषाध्यक्ष भट्टराइको भनाइ थियो।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। यस्तै, कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित स्रोतसाधनबाट काम भइरहेकाले अब बाँकी काम नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने उल्लेख गर्नुभयो।

    यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी) को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा.लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो।

    पूर्वराज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनु भएको छ।

    को हुनुहुन्छ लामा ?

    नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को जन्म सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा बुवा पासाङ फुर्बा र आमा नोर्बु रानीको कोखबाट १०औं सन्तानका रुपमा भएको थियो। डा. लामाले बाल्यकाल शिक्षा जन्मस्थान हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गर्नुभयो।

    बौद्ध दर्शनमा विद्यावारिधि (पिएचडी) गर्नुभएका लामासँग अर्थ राज्यमन्त्री भएर देशको राजकाज चलाएको अनुवभ छ। यसका साथै संविधानसभा सदस्य भई संविधान निर्माणमा पनि लामाको योगदान छ। डा.लामालाई तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले स्थानीय विकास मन्त्रालयअन्तर्गत गुम्बा व्यवस्था विकास समिति (२०५७–२०६३) को अध्यक्ष नियुक्त गरेको थियो। आफ्नो कार्यकालमा ७५ वटै जिल्लामा विदेशी धर्मको प्रभाव रोकथाम तथा बौद्धमार्गीमा जागरण ल्याउँदै बुद्धका उपदेश अभियान चलाएको बताइएको छ। २०५७ सालसम्म देशभर २५० गुम्बा दर्ता भएकोमा उहाँको कार्यकाल सकिने बेलासम्म ३ हजार गुम्बा दर्ता गरी राज्यको छाताभित्र ल्याउन सफल हुनुभएको थियो।

    २०६१ सालमा लामाले गुम्बा व्यवस्था विकास समितिको अध्यक्षकै हैसियतमा तत्कालीन राजा ज्ञानेन्द्रलाई अभिषेक आशीर्वादसमेत प्रदान गर्नुभएको थियो। हाल उहाँ बौद्ध धर्मसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय फोरममा आबद्ध हुनुहुन्छ। सन् २०१२ देखि निरन्तर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (आइबिसी) को स्थायी कमिटीमा रहनुभएका डा.लामा सन् २०१६ देखि हालसम्म आइबिसीको सचिवका रुपमा कार्यभार समाल्नुभएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्रान्तिकारीहरू हिउँले काटेका लेक र भोकले थिचेका बस्तीहरूमा मृत्युसँग पौंठेजोरी खेल्छन्।
    वीर अस्पतालका डाक्टरले ७ वर्षको प्रेमलाई पैसाको मूल्यांकन गरेपछि युवतीको आँसु र अदालतको ढोका
    राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित तीन सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट
    ताजा अपडेट
    • क्रान्तिकारीहरू हिउँले काटेका लेक र भोकले थिचेका बस्तीहरूमा मृत्युसँग पौंठेजोरी खेल्छन्।
    • वीर अस्पतालका डाक्टरले ७ वर्षको प्रेमलाई पैसाको मूल्यांकन गरेपछि युवतीको आँसु र अदालतको ढोका
    • राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित तीन सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट
    • नेपालमा भ्याट नतिर्ने टिकटकको अडान
    • रास्वपाले पहिला संसद् सदस्यको शपथ लिएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउने

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.