जीवनको मुल्यबर्सेनि गाउँ पालिकाले लगाएको कृषि मेलामा गुणस्तर मकै उब्जाएर पुरस्कार जित्दै आएका किसानको अन्तरबार्ता एउटा स्थानीय पत्रकारले लिए, ति किसानले आफ्नो बीउ मकै आफ्ना छिमेकीहरूसँग बाँडेको र उनिहरुलाई पनि यही बीउ मकै छर्न लगाएको जानकारी भयो। किसानको यस्तो कुरा सुनेपछि अलमलमा परेर संवाददाताले सोधे: “तपाइँले कसरी तपाईंको सबैभन्दा राम्रो मकैको बीउ आफ्नो छिमेकीहरुसँग बाड्न सक्नुहुन्छ जब तिनीहरुले प्रत्यक बर्ष तपाईंको मकैसँग प्रतिस्पर्धामा भाग लिरहन्छ्न?”
किसानले पत्रकारको कुरा सुनेर मुस्कुराए र त्यसपछि भने: “ बोट्मा पाक्दै गरेको मकैबाट हावाले पराग उडाउँछ र खेतबाट अर्को खेतमा पुर्याउँछ। यदि मेरा छिमेकीहरूले निम्न स्तरको मकै उब्जाउछन् भने, क्रस-परागणले मेरो मकैको गुणस्तरलाई निरन्तर घटाउनेछ। यदि मैले राम्रो मकै उब्जाउने हो भने, मैले मेरा छिमेकीहरूलाई राम्रो मकै फलाउन मद्दत गर्नुपर्छ।”
यो हामी मानिसको जीवन संग मेल खान्छ। सार्थक र राम्रोसँग बाँच्न चाहनेहरूले अरूको जीवनलाई समृद्ध बनाउन सहयोग गर्नुपर्छ। जीवनको मूल्य यसले छुने जीवनद्वारा मापन गरिन्छ र खुसी हुन रोज्नेहरूले अरूलाई खुशी पार्न सहयोग गर्नुपर्छ, किनकि प्रत्येकको कल्याण सबैको कल्याणसँग जोडिएको हुन्छ। यसलाई सामूहिकताको शक्ति भन्नुपर्छ , यसलाई सफलताको सिद्धान्त भन्नुपर्छ, यसलाई जीवनको नियम भन्नुपर्छ, “हामी मध्य कसैले पनि साँच्चै जित्दैनौ, जबसम्म हामी सबैले जित्दैनौं।”
जीवनमा जब तपाईं आफ्नो वरपरका मानिसहरूलाई राम्रो बनाउनको लागि सहयोग गर्नुहुन्छ, तपाईं पक्कै पनि उत्कृष्ट बन्नुहुन्छ। “वास्तवमा खुशी भनेको अरूलाई सहयोग गर्नु हो” भन्ने कुरा सधै मनमा राख्नुपर्छ।।








