• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्रकार गिरीविरुद्धको पक्राउ पुर्जीले सामाजिक सञ्जाल तात्यो

"बृहद् नागरिक आन्दोलनद्वारा भर्त्सना "

  •    संवाददाता/ बुधबार, साउन २४, २०८०  

  • पत्रकार एवं सम्पदा संरक्षण अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    गिरीले सामाजिक सञ्जालमा पत्रकारविरुद्ध तथानाम लेखेको भन्दै साइबर अपराध मुद्दामा पर्वतका पत्रकार गणेश पौडेल, छवि तिवारी, सन्देश थापालगायतले प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो। सोही किटानीको आधारमा गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

    पत्रकार गिरीले व्यक्तिगत जीवनमाथि नै असर पर्ने गरी आक्षेप लगाएको भन्दै उहाँहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो।

    कालीगण्डकीको अस्तिस्तव नै संकटमा पर्ने गरी अवैध रूपमा भइरहेको दोहन कार्य रोक्न गिरीले पछिल्लो समय कालीगण्डकी बचाऔं अभियान चलाउँदै आउनुभएको छ। अभियानअन्तर्गत कालीगण्डकीमाथि लेखिएका रचना सामाजिक सञ्जालमार्फत नै प्रकाशित गर्दै आउनुभएको थियो।

    आँखैअगाडि कालीगण्डकी दोहन हुँदा स्थानीय पत्रकारले दोहन कार्य रोक्न कुनै भूमिका नखेलेको बरु उल्टै पालिका तथा तस्करसँग मिलेमतो गर्दै आएको भन्दै गिरीले सामाजिक सञ्जालमै तिखो टिप्पणी गर्नुभएको थियो।

    सामाजिक सञ्जाल तातिँदै, बृहद् नागरिक आन्दोलनद्वारा भर्त्सना

    गिरीविरुद्ध भएको पक्राउ पुर्जीलाई लिएर सामाजिक सञ्जाल तातिएको छ। अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै भरमा पत्रकार आत्तिएर साइबर अपराध मुद्दामा पक्राउन पुर्जी जारी गर्न लगाउन स्थितिसम्म पुग्नु दुःखदायी घटना भएको टिप्पणी भइरहेको छ।

    अहिले सम्बन्धित पत्रकारलाई किटानी फिर्ता लिन सञ्जालमार्फत नै दबाब बढेको छ। यस्तै सामाजिक सञ्जालमा लेखक, कवि, पत्रकार, अधिकारकर्मी, बुद्धिजीवीलगायतले ‘आइ एम विथ आरके अदिप्त गिरी’ ह्यासट्यागसहित गिरीप्रति ऐक्यबद्धता जनाउन थालेका छन्।

    यसै क्रममा बृहद् नागरिक आन्दोलनले यो कदमको भत्र्सना गरेको छ। पर्वतको पत्रकारितामा देखिएका विकृत पक्ष, पत्रकारको तस्करसँग मिलेमतो, पत्रकारकारको नाममा देखिएको लाखौँको बेरुजु रकम र कालीगण्डकी नदीको अवैधन दोहनबारे निरन्तर बोलिरहेका पत्रकार गिरीविरुद्ध पक्राउ पुर्जी जारी हुनु दुखद कुरा भएको बृहद् नागरिक आन्दोलनले जनाएको छ।

    ‘प्राकृति सम्पदाको चरम दोहन, सामाजिक बेथिति तथा पीतपत्रकारिताविरूद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्दै फरक मत राखेकै आधारमा साइबर अपराध आकर्षित गरी गिरीमाथि जारी गरिउको पक्राउ पुर्जी नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार मान नभई दुराशययुक्त कदम पनि हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘बृहद् नागरिक आन्दोलन यस कार्यको घोर भर्त्सना गर्दछ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.