• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छाउपडी हुँदा छाउगोठमा सुतिरहेको बेला सर्पको टोकाईबाट अनिता चन्दको मृत्यु

"छाउपडी हुँदा छाउगोठमा सुतिरहनुभएकी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाईबाट साउन २३ गते मृत्यु "

  •     अभियान हाम्रो/ बुधबार, साउन २४, २०८०  

  • छाउपडी हुँदा छाउगोठमा सुतिरहनुभएकी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाईबाट साउन २३ गते मृत्यु भएको छ । जवलपुर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिताको साउन २३ गते राति सर्पको टोकाईबाट मृत्यु भएको स्थानीय जनकबहादुर चन्दले बताउनु भयो । मृतक बालिकाको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । छाउगोठमा सुतिरहेको समयमा राति १ बजे सर्पको टोकाइका कारण अचेत हुनुभएकी चन्दको एक–डेढ घण्टामै मृत्यु भएको मृतका बुवा रधि चन्दले बताउनु भयो ।

    पञ्चेशवरमा वर्षेनी सर्पको टोकाईबाट दुई–तीन जना स्थानीयको ज्यान जाने गरेको छ । सर्पदंशको उपचार अभावमा जिल्लाको पञ्चेश्वरलगायतका क्षेत्रमा सर्पको टोकाइबाट वर्षेनी नागरिकहरुले ज्यान गुमाउनु पर्ने बाध्यता रहेको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले बताउनु भयो ।

    उहाँका अनुसार पञ्चेश्वरको दुर्गम गाउँहरुबाट सदरमुकामस्थित जिल्ला अस्पताल पुग्न झण्डै आठ घण्टा लाग्ने भएकाले समस्या हुने गरको छ । छाउपडी प्रथा उन्मूलन गर्न कानुन निर्माण गरिएको भए पनि सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका गाउँ समाजमा उक्त कानुन बारे बेखबर रहेको पाइएको छ । अहिले पनि छाउपडीहरुलाई छाउगोठमा सुताउने लगायतका विभेदहरु गरिदै आइएको पाइएको छ ।

    मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसूर शिर्षकको दफा १६८ को उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुदैन भनिएको छ । यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपियाँसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ ।

    सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ । सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडा बापत मनासिव क्षतिपुर्ति भराइदिनु पर्ने व्यवस्था समेत रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.